×

NMB BANK
NIC ASIA

मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

कात्तिक २९, २०७९

NTC
Premier Steels

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  

Muktinath Bank

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् । यस्तै सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजाल, नेपाली कांग्रेस (विपी) का अशोक पौडेल र  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव चुनावी मैदानमा छन् । यस्तै मङ्गोल नेश्नल अर्गनाइजेसनका धनबहादुर लिम्बु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी पनि उम्मेदवार छन् । 
 
यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कुवेत मियाँ, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्री उम्मेदवार  छन् । क्षेत्र नं ४ मा मोदी र ढकालकै बढी चार्चा छ । ढकाललाई जनता समाजवादी पार्टी नेपालको साथ छ । ढकालको समर्थनमा जसपा नेपालले उम्मेदवार खडा गरेको छैन । मोदी यसअघि पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २०७४ सालको निर्वाचनमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए। माओवादी केन्द्रबाट उम्मेदवार बनेका मोदीले ३३ हजार ५२९ तथा आचार्यले २६ हजार आठ सय मत प्राप्त गरेक थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले उम्मेदवार ढकाल एमाले मोरङको पूर्व अध्यक्ष छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका भीम पराजुलीसित पराजित भएका थिए । पराजुलीले २३ हजार ३१ मत तथा ढकालले १७ हजार ३२१ मत प्राप्त गर्नुभएको थियो । पराजुली मोरङ क्षेत्र न. ४ प्रदेशसभा (२) बाट उम्मेदवार छन् । मोदी र ढकाल बाहेक अन्य उम्मेदवार पनि मतदता रिझाउनमा व्यस्त छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x