०३ साउन २०८३, आइतबार

पटक पटक बिग्रिरहन्छ विद्युतीय शवदाह गृह

कात्तिक २०, २०७४
पटक पटक बिग्रिरहन्छ विद्युतीय शवदाह गृह

काठमाडौं २६ साउन– पशुपति आर्यघाटमा रहेको नेपालको एक मात्र विद्युतीय शवदाह गृह एकमहिना पछि पुनः संचालनमा अाएको छ । मेसिन बिग्रेका कारण असार २० गते देखि बन्द रहेको शवदाह गृह करिव एक महिनापछि मंगलवारबाट संचालनमा आएको पशुपति विकास क्षेत्र कोषले जनाएको छ ।

नेपालमा पहिलो पटक बनाइएको विद्युतीय शवदाह गृहमा प्राविधिक समस्या हुँदा पुनः मर्मत गरिएकाले एक महिना बन्द गर्नुपरेको कोर्षका कार्याकारी निर्देशक रमेश कुमार उप्रेतीले लोकान्तरलाई बताए ।

‘विद्युतीय मेसिनबाट संचालन हुने भएकोले केही प्राविधिक समस्या आएकाले केहि समय बन्द भएको थियो । हिजोबाट सुचारु भईसकेको छ’ उप्रेतीले भने । पुनः सञ्चालनमा आएकै दिन मंगलवार ६ वटा शब दाह गरिएको उनले बताए ।

पशुपति आर्याघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेकोमा १५–१५ दिनमा परिवर्तन गरेर एउटामात्र संचालन हुने गरेको छ । २०७२ माघ १० गतेबाट संचालनमा आएको विद्युतीय शवदाह गृहमा अहिलेसम्म पाँच हजार ७ सयभन्दा बढी शब जलाइएको छ । ‘पाँच हजार भन्दा बढीको शव दाह सम्पन्न भएको छ, अहिले दाउरा भन्दा विद्युतीयबाट गराउन चाहानेको संख्या बढी छ’ उप्रेतीले भने ।

विद्युतीय मेसिनबाट शब जलाउँदा वातावरणमा वायु प्रदुषण कम हुने, समयको बचत हुने र आर्थिक स्थिति कमजोर हुनेहरुलाई पनि सहज हुने कोषका निर्देशक उप्रेतीले बताए ।

‘यसलाई अभियानको रुपमा देशभर संचालन गर्न सक्यौं भने धेरै सहज हुन्छ । शवदाहगृह नेपालको अन्य ठाउँमा पनि संचालन हुनुपर्छ,’ उप्रेतीले लोकान्तसँग भने ।

आर्यघाटमा भेटिएका सर्वसाधारणहरुपनि विद्युतीय शवदाह गृहबाट शवको अन्त्येष्टि गर्न सहज हुने बताउँछन् । विरामी भएर कपिलवस्तुबाट वीर अस्पतालमा ल्याइएको आफन्तको मृत्यु भएपछि विद्युतीय शवदाहगृहबाट शवको अन्त्येष्टि गर्न लागेको मृतकका आफन्त भुपेन्द्र अर्यालले बताए ।

दाउराबाट चारघण्टा लाग्ने तर विद्युतीय मेसिनबाट एक घण्टामा सकिने भएकोले धेरैले विद्युतीय मेसिन रोज्ने गरेका छन् । मलामी आएका युवराज पराजुलीले पनि शव अन्त्यष्टि गर्न विद्युतिय मेसिन प्रभावकारी हुने बताए । ‘आखिर प्रकृया एउटै हो । दाउरामा जलाउनु भन्दा विद्युतीय गर्दा सजिलो र सस्तो पनि छ’ उनले भने ।

बर्सातको समय तथा हावाहुरी र पानी परेको समयमा पनि विद्युतीय मेसिनबाट शव जलाउन चाहानेको संख्या बृद्धि भएको छ । पशुपति आर्यघाटमा दैनिक १२ देखि ४० जना सम्मको दाहसंस्कार हुने गरेको कोषका अधिकारी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्