असोज १०, २०८०
सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।&n...
मंसिर २, २०७९
बढ्दो शहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रुलाई बाटो काट्नका लागि 'जेब्राक्रसिङ’ बनाइएको छ ।
सडकपार गर्दा आम पैदलयात्रुले जेब्राक्रसिङको प्रयोग कमै मात्रामा हुने गरेको छ । सडकका ठाउँ-ठाउँमा बनाएका जेब्राक्रसिङबारे नागरिकमा सचेतना पुग्न नसक्दा मनलाग्दी बाटो काट्नेहरूका कारण दुर्घटनाको जोखिम बढेको छ ।
यात्रु जेब्राक्रसिङबाट बाटो नकाटी नजिकैबाट मनलाग्दी बाटो काटिरहेका देखिन्छन् । साथै, सवारी चालकले पनि जेब्राक्रसिङलाई वास्ता नगरी सवारी हाँकेको देखिन्छ । जेब्राक्रसिङमा पुग्दा सवारी साधनको गति कम हुनुपर्छ ।
घोराहीमा भेटिएका रोल्पाका वीरबहादुर मगरले आफूलाई जेब्राक्रसिङबारे जानकारी नभएको बताए । “मलाई जेब्राक्रसिङ केका लागि हो भन्ने थाहा थिएन”, उनले भने, “सबै पैदल यात्रुलाई जेब्राक्रसिङबारे जानकारी नहुन सक्छ । यस विषयमा सम्बन्धित निकायले जानकारी दिन आवश्यक छ ।”
जानकारी नभएर र हतारमा सडक पार गर्ने सर्वसाधारणको सङ्ख्या धेरै छ । जसले गर्दा सडक सुरक्षाका लागि बनाइएका जेब्राक्रसिङ प्रयोगविहीन छन् । सडक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताए ।
“धेरैलाई जेब्राक्रसिङको प्रयोगबारे चेतना छैन”, उनले भने, “कोही जानकारी भएर पनि अटेर गरी हिँड्छन् ।” कतिपय ठाउँमा जेब्राक्रसिङ पनि मेटिँदै जान थालेको र यसको मर्मत गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको भएको हुँदा आफूहरूले पनि पहल गरेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा चार महिनामा दाङमा सवारी दुर्घटनाका कारण १६ जनाको मृत्यु भइसकेको छ । जसमा ६० जना सामान्य घाइते भएका छन् भने ३५ जना गम्भीर घाइते भएका छन् । जसमा ४० वटा सवारी दुर्घटना भएका थिए ।
यसैगरी गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा ९५ जनाको मृत्यु भएको थियो । १९५ जना गम्भीर घाइते भएका थिए भने १४० सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख परियारले अहिले निर्वाचनको समय भएकाले निर्वाचनपछि ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । कतिपय नागरिकलाई सडकपार गर्दा जेब्राक्रसको प्रयोग गर्नुपर्छ भन्ने जानकारी हुँदैन भने कतिपय शिक्षित नागरिकले पनि यसको प्रयोग गर्न झन्झटिलो मान्ने गरेको देखिएको छ ।
सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।&n...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका&...
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले जलवायु वित्तको कम्तीमा ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गर्न माग गरेको छ । महासङ्घले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय आज सार्वजनिक गर्दै उपभोक्ता समूहको निर्णयअनुसार ...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...