
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भन्दै सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले आइतवार सामाजिक सञ्जालमार्फत सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउने बताएका छन् ।
उनले भने,‘आज आइतवार हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागी भएनौँ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ । त्यसैले मतदानमा सहभागी बनौँ ।'