फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपालका लागि हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आईएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी) का लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि ग्राहकले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आईएमई बैंकमार्फत १२.९९% ब्याज दरमा फाइनान्स गर्न सक्नेछन् । यो योजनाअन्तर्गत खरिद गरिएका सवारीसाधन ३ दिनभित्रमा उपलब्ध गराइनेछ ।
ग्लोबल आईएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी २ पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
ग्राहकहरूले ग्लोबल आईएमईको कुनै पनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको केओएनए र आईओएनआईक्यू छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् ।
हुन्डाई मोटर कम्पनीले दीगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो ‘बी (भी) द च्यालेन्ज’ अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ ।
ग्लोबल आईएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरका विद्युतीय सवारी प्रेमीहरूलाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दीगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको जनाइएको छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...