×

NMB BANK
NIC ASIA

निरन्तर विजयी उम्मेदवार

अर्घाखाँचीमा टोपबहादुरको ‘अविराम’ यात्रा

मंसिर ८, २०७९

NTC
Premier Steels

अर्घाखाँचीमा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसभातर्फ १ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २ क्षेत्र रहेको अर्घाखाँचीमा एमालेले ‘क्लीन स्वीप’ गरेको हो । 

Muktinath Bank

अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ टोपबहादुर रायमाझी र प्रदेशसभातर्फ चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका हुन् । एमाले सचिव रायमाझीले कांग्रेस नेतृ पुष्पा भुसाललाई एक हजार ७३० मतान्तरले पराजित गरी लगातार चौथो पटक संसदीय यात्रा तय गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वमन्त्रीसमेत रहेका रायमाझीले ४२ हजार ६७५ मत ल्याउँदा पूर्वउपसभामुख भुसालले ४० हजार ९४५ मतमात्र ल्याउन सकिन् । योसँग टोपबहादुरको संसद् यात्रा अविराम जारी छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि उनी अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

२०७० सम्म अर्घाखाँचीमा दुई वटा निर्वाचन क्षेत्र थिए । दुई पटक माओवादी, एक पटक बाम गठबन्धन र अहिले एमालेबाट जीत निकालेका हुन् । तत्कालीन नेकपा विभाजन भएपछि उनी एमालेमै रहेका थिए । एक वर्ष अगाडि चितवनमा सम्पन्न एमालेको महाधिवेशनबाट रायमाझी सचिव पदमा निर्वाचित भए । रायमाझी पूर्वउर्जा तथा उपप्रधानमन्त्रीसमेत हुन् ।

Vianet communication

त्यस्तै, प्रदेशसभा-१ तर्फ एमालेका नेता चेतनारायण आचार्य ७४० मतान्तरले विजय भए । राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत ल्याउन एमालेका आचार्यले २० हजार ५१८ मत ल्याए ।

त्यस्तै प्रदेश-२ तर्फ पनि एमालेकै रामजीप्रसाद घिमिरे ८०१ मत अन्तरले विजय भए । घिमिरेका प्रतिस्पर्धीले कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९७५ ल्याउँदा घिमिरेले २२ हजार ७७६ मत ल्याए । स्थानीय तह निर्वाचनमा पनि अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये एमालेले ४ वटामा जीत निकालेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x