मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मंसिर ८, २०७९
दीपकबहादुर सिंह राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका माध्यम तहका नेता हुन् । अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुँदा थापाका कार्यकर्ता हुन् ।
विसं २०७८ माघमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । कमल थापाले राप्रपा नेपाल गठन गरे पनि दीपकबहादुर सिंह भने लिङदेनसँग राप्रपामै रहेका थिए ।
दीपकबहादुर सिंह मकवानपुर जिल्लाका पूर्वसभापति हुन् । २०६१ सालमा उनलाई जिविस सभापतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले मनोनीत गरेका थिए ।
उनै सिंह मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् ।
हार स्वीकार गरिसहेका कमल थापा तेस्रो स्थानमा छन् । शुरुआती गणनामा पछि परेका सिंह अन्तिम चरणमा अग्रस्थानमा आएका छन् ।
निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।
सिंहको जन्म २०१५ सालमा धनकुटामा भए पनि उनी ७/८ वर्षको हुँदा आमाबुबासँगै हेटौँडा आएका थिए । विजयी भएका सिंह २०५४, २०५६, २०७० र २०७९ सालको स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहे पनि पराजित हुँदै आएका थिए ।
यता, महालक्ष्मी उपाध्याय (डीना ) २०४८, २०५१, २०५६ , २०७४ र अहिलेको निर्वाचन गरी पाँच पटक पराजित भएकी छन् । मकवानपुर क्षेत्र नं-१ मा बहुदल स्थापनापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा ०७४ को निर्वाचनसम्म नेकपा एमाले हाबी हुँदै आएको थियो । सो क्षेत्रमा २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजय भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो ।
योसँगै सत्तारुढ गठबन्धन मकवानपुरका २ वटै प्रतिनिधिसभा सदस्यमा पराजित भएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...