×

NMB BANK
NIC ASIA

प्रत्यक्षतर्फ १५७ सिटको टुंगो लाग्यो, कांग्रेसको अग्रता कायमै

मंसिर ११, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतवार साँझ ७ बजेसम्म प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

Muktinath Bank

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना शुरु हुन सकेको छैन । बाजुरामा शनिवार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

क–कस्ले जिते ?

Vianet communication

कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादु देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शंकर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । 

त्यस्तै, कांग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, राजेन्द्र बजगाँई, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, दिलेन्द्र प्रसाद बडू, रमेश लेखक, एनपी साउँद, दिक्पालकुमार शाही, दुर्लभ थापा, शशांक कोइराला, रामचन्द्र पौडेल, किशोरसिंह राठोर, देवप्रकाश तिमल्सिना, दिनेश कुमार यादव, राम नाथ अधिकारी, पूर्णबहादुर खड्का पनि निर्वाचित भएका छन् । 

आयोगका अनुसार कांग्रेसका विष्णु कुमार कार्की, श्यामकुमार घिमिरे, दीपक गिरी, सञ्जय गौतम, विनोद चौधरी, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, शेखर कोइराला, डिल्लीराज पन्त, चन्द्रकान्त भण्डारी, राजु थापा, दीपक खड्का, सुरेन्द्र राज आचार्य, सीता गुरूङ, सुनिलकुमार शर्मा, अर्जुननरसिंह केसी, तेजुलाल चौधरी, ऐनबहादुर शाही, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बू, पूर्णबहादुर तामाङ पनि निर्वाचित भएका छन् । 

नेकपा (एमाले)बाट अम्बरबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्ण विष्ट, देवराज घिमिरे, केपी शर्मा ओली, योगेश भट्टराई, राजकुमार गुप्ता, टोपबहादुर रायमाझी, सूर्य थापा, पृथ्वीसुब्बा गुरुङ, महेश बर्तौला, मानवीर राई, पदम गिरी, लालप्रसाद साँवा लिम्बु, बासुदेव घिमिरे, राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । 

एमालेका विद्या भट्टराई, सूर्य प्रसाद ढकाल, राम शंकर यादव, दामोदर भण्डारी, तारा लामा तामाङ, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, दामोदर पौडेल ’वैरागी’, हरिप्रसाद उप्रेती, ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, जुली महतो, मनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । 

त्यसैगरी लीलानाथ श्रेष्ठ, ठाकुरप्रसाद गैरे, ऋषिकेश पोखरेल, मंगलप्रसाद गुप्ता,  विष्णु पौडेल, गोकुल बाँस्कोटा, नारायणप्रसाद आचार्य,  छविलाल विश्वकर्मा, भीम आचार्य, सुवास नेम्वाङ, लक्ष्मी महतो कोइरी  र महेश बस्नेत पनि एमालेबाट निर्वाचित भएका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रराय यादव, सूर्यप्रसाद तामाङ(दोङ), छिरिङ डम्बुल लामा (भोटे) र महेन्द्रबहादुर शाही विजयी भएका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल र तोसिमा कार्की निर्वाचित भए । जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव, नवलकिशोर साह सुडी, दीपक कार्की, राम सहायक प्रसाद यादव, राजकिशोर यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित भए । 

राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दीपक बोहोरा र ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भए । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भए । 

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत निर्वाचित भए । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको आयोगले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x