×

NMB BANK
NIC ASIA

एमालेले ‘लिड रोल’ नलिएसम्म देश अघि बढ्न सक्दैन : विष्णु पौडेल

मंसिर १२, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन् । 

Muktinath Bank

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले सोमवार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकीर गरे । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गए पनि सोहीअनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेश सभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘एउटा सत्य के हो भने फेरि पनि नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन । विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ’, उपाध्यक्ष पौडेलले भने, ‘त्यसकारण यो उपलब्ध सिच्युएसनमा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसावले हामीले पहलकदमी लिन्छौँ । तदनुकूल हाम्रो भूमिका रहन्छ । राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा (एमाले) आफ्नो हैसियत अनुरुपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ । नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्ने गरिकन हामी संघीय संसदमा, प्रदेशसभाहरुमा प्रस्तुत हुनेछौ भन्ने म यहाँहरुलाई बताउन चाहन्छु । ’

Vianet communication
Laxmi Bank

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसअवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरुको सुझाव लिएर अघि बढ्ने स्पष्ट पारे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x