माघ १९, २०७९
नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको आज सरुवा भएको छ। माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी आज प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो। एसपी सरुवा सूची
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेशा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।
उनीहरूले अन्य पेशालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।
एक परिवारले ४ वटादेखि १ हजार ५०० सम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेंसी गर्ने गर्छन् ।
पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरू परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।
स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेशा आफूहरूले अँगाल्दै आएको बताउँछन् । उनले भने, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।’
उनले १८ भैंसी र १५५ वटा भेडाबाख्रा पाल्दै आएका छन् । उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू ९ वर्षको उमेरदेखि गाईभैंसी र भेंडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगर अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन् । उनी अहिले ५१ वर्षका भए ।
‘बाउआमाले गोठमै काम सिकाए, गाईभैंसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ,’ उनले भने, ‘मैले गाईभैंसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैं निको हुन्छन् ।’
स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैंसीपालन गर्दै आएका छन् । उनी आफ्ना पूर्खाले यही पेशा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरें, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खान–लाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।’
नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको आज सरुवा भएको छ। माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी आज प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो। एसपी सरुवा सूची
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशा...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । ...
सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल-नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि आज उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो। उनीहरू बिहीब...
दाङको तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको हो । उपमहानगरपा...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...