×

NMB BANK
NIC ASIA

मतगणना

स्याङ्जा–२ र बाजुरामा मतगणना शुरू गर्न निर्वाचन आयोगको निर्देशन

मंसिर १४, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुरामा स्थगित भएको मतगणना शुरू गर्न निर्देशन दिएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना स्याङ्जा–२ मा अझै शुरू भएको थिएन् । बाजुरामा भने केही मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।  

Muktinath Bank

निर्वाचन आयाेगले सर्वसम्मतरूपमा दुवै निर्वाचन क्षेत्रमा मतगणना गराउने निर्णय भएकाे र साेही अनुसार मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिग्राम पाैडेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययन टोलीको प्रतिवेदनको आधारमा आयोगले स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिने निर्णय भएकाे पाैडेलले बताए । 


Advertisment
Nabil box
Kumari

त्यहाँ नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप एमालेले लगाएको थियो । केही मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने एमालेले माग गरेको थियो । पुनः मतदान नभई मत गणना गर्न नहुने एमालेको अडानपछि मतगणना स्थगित भएको थियो । 

Vianet communication

मतगणना स्थगित गरेर मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगमा परामर्श मागेका थिए । आयोगले कर्मचारीको टोली खटाएर स्थानीय वस्तुस्थिति अध्ययन गर्न लगाएको थियो । टोलीले अध्ययनपछि बुझाएको प्रतिवेदनको आधारमा निर्वाचन आयोगले स्याङ्जामा पुनः मतदान गर्नुनपर्ने भन्दै गणना शुरू गर्न निर्देशन दिएको पाैडेलले जानकारी दिए ।

बाजुरामा मंसिर ४ मा मतदानको क्रममा भएको झडपमा एक जनाको ज्यान गएको थियो । सोही दिन राती एमालेको अनेरास्ववियु र कांग्रेसका कार्यकर्ताबीचको झगडामा अर्को एकजनाले पनि ज्यान गुमाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x