×

NMB BANK
NIC ASIA

बालेनको जवाफपछि पनि चुप लागेनन् भीम रावल, ‘मेरो भनाइले घोचेको हो कि ?'

मंसिर १६, २०७९

NTC
Premier Steels

एमाले नेता भीम रावल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सवाल जवाफमा उत्रिएका छन् । बालेन र अमेरिकी राजदूतबीच भएको भेटवार्ताबारे प्रश्न उठाएका रावलले उनको जवाफमा चित्त नबुझाएर फेरि आधा पेज लामो धारणा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । रावलले बालेनले आफ्नो प्रश्नमा सरल जवाफ नदिएको बताउँदै असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

रावलले भनेका छन्, ‘उहाँले ‘‘तपाईहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि ? म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु– के तपाईले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो ? तपाईले भन्नु भए झैं उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयो ? आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल खान्न ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको सविधान अन्तर्गत जननिर्वाचित निकायका कुनैपनि व्यक्तिले कुनैपनि नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व हुने रावलको भनाइ छ । यद्यपि साहले बिहीबार अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको पत्र सार्वजनिक गरिसकेका छन् । यस्तै रावललाई सामाजिक सञ्जालमार्फत जवाफ दिँदै बालेनले आफूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर राजदूतलाई पठाएको पनि बताएका थिए । 


Advertisment
Nabil box
Kumari


 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x