×

NIC ASIA

एक्ली महिला प्रतिनिधि

प्रत्यक्षबाट प्रदेश सभामा एक्लै उदाएकी ‘नमूना’

मंसिर १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेश सभामा कृष्णा केसी प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद बनेकी छन् । नेकपा माओवादी केन्द्रकी नेत्री केसीले बाँकेको प्रदेशसभा क्षेत्र १(१) मा नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई १ हजार १३७ मतान्तरले पराजित गरी दोस्रोपटक जनताबाट प्रत्यक्ष चुनिएर प्रदेश सभाको यात्रा तय गरेकी छन् । 

Muktinath Bank

३ दशकभन्दा बढी माओवादीको राजनीति गरेकी केसीले आमनिर्वाचन २०७९ मा लुम्बिनीबाट प्रत्यक्ष निर्वाचित हुने एक्लो महिला प्रदेशसभा सदस्यमा नाम ‘दर्ज’ गरिन् । यसअघि २०७४ सालमा पनि उनी यहीँ क्षेत्रबाट कांग्रेसका शरदचन्द्र बर्मालाई पराजित गरी सांसद बनेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृष्णाले ९ हजार १०३ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत मात्र ल्याउन सके । निर्वाचनमा तराई मधेशमा नयाँ दलको उदय हुँदा मतदाताको भरोसा कृष्णाप्रति सोझिनु उनको व्यक्तिगत प्रभाव हो ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा संसदीय राजनीतिमा केसी माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन् । प्रदेश सभाका ५२ क्षेत्रमध्ये माओवादी ५ क्षेत्रमा खुम्चिँदा उनको जीतलाई फरक तस्वीरको रूपमा हेरिएको छ । ‘नमूना’ उपनामले परिचित केसी निर्वाचित भएपछि महिलाले पुरूषको तुलनामा ठूलो संघर्ष गर्नुपर्ने उनको अनुभव छ । जनताले दोस्रोपटक अनुमोदन गरेपछि जिम्मेवारी थप बढेको केसी बताउँछिन् ।  

Vianet communication

‘नमूना’ अहिले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा १ वर्ष सचिवालयमा बसेर काम गरेकी उनलाई प्रचण्डको विश्वासपत्रको रूपमा पनि हेरिन्छ ।

राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिए पनि प्रत्यक्ष निर्वाचित हुने नगन्य महिलामध्ये उनी पर्छिन् । नमूना भन्छिन्, ‘बाँकेको पछाडि पारिएको क्षेत्रलाई मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलें, अब यसलाई अझै उन्नत रूपमा विकास गर्न जनताले मलाई थप अभिभारा दिएका छन् ।’

प्रदेश सभामा रहँदा अर्थ, उद्योग तथा पर्यटन समितिको सदस्य रहेर काम गरेकी उनी आफूलाई समाजसेवी तथा असल राजनीतिज्ञको रूपमा जनताले चिनून् भन्ने चाहना राख्छिन् । 

पार्टीकी केन्द्रीय सदस्य केसी नेकपा माओवादीले सशस्त्र विद्रोह शुरू गर्दादेखि पार्टीको सक्रिय राजनीतिमा आवद्ध भएकी हुन् । पश्चिम क्षेत्रको माओवादीको राजनीतिमा केसी परिचित नाम हो । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की ४४ वर्षीया केसी २०४९ सालदेखि नै माओवादी राजनीतिमा लागेकी हुन् । उनको परिवार ४० को दशकतिर साविक रुकुम (हाल रुकुम पश्चिम) बाट बसाइँसराइँ गरी झरेको थियो ।

माओवादीको शहर केन्द्रित राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी साहसी नेत्रीको रूपमा परिचित छिन् उनी । ‘जनयुद्धकालमा म बाँकेमै खटिएँ । मेरो पारिवारिक पृष्ठभूमि राजनीतिमा थिएन तर उनलाई सानैदेखि राजनीतिप्रति चासो थियो । माओवादीले उठाएका मुद्दा सही लागेर पार्टीमा होमिएकी थिएँ,’ उनले भनिन् ।

प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी उनी २०५४ देखि २०६३ सालसम्म भूमिगत भई सक्रिय राजनीतिमा लागिन् । त्यो बीचमा उतारचढावबीच यात्रा पार गरिन् ।

समाजमा आफूले प्रत्यक्ष देखेको सामाजिक विभेद र शोषक वर्गको अन्त्यका लागि उनी जनयुद्धमा सहभागी भइन् । जनयुद्धको बेला उनलाई पार्टीले नेपालगञ्ज क्षेत्र हेर्ने जिम्मा दिएको थियो । ‘काम गरी खाने वर्गलाई जहिले पनि खान नपुग्ने । बसी खाने वर्गलाई कामै नगरी खान पुग्ने,’ उनले भनिन्, ‘यो खाडलको अन्त्य गर्न मैले विद्रोह गरेको हुँ ।’

उनी पहिलोपटक सांसद निर्वाचित हुँदा राप्तीपारि (हालको राप्तीसोनारी र नरैनापुर) मा सडक, बिजुली, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका हिसाबले केही थिएन । बस्ती अन्धकार थिए । उनै नमूनाको नेतृत्वदायी भूमिकाले दुर्गमबाट सुगमको परिचय बनाएको छ । ‘नरैनापुरमा बिजुली थिएन, सडकका कुरै नगरौं, विद्यालयमा शिक्षक जाँदैन्थे’, ४ वर्षअघिसम्मको कहालिलाग्दो अवस्था सम्झिँदै कृष्णा भन्छिन्, ‘सबै क्षेत्रमा विशेष आग्रह र पहल गरेर बिजुली पुर्‍याइयो । सडक बनिरहेका छन् । शिक्षा र स्वाथ्यमा सुधार भएको छ । म प्रदेशसभा बैठक सकेर सार्वजनिक बस चढेर सिधै जनताको काममा आफ्नै निर्वाचन क्षेत्रमा खटिन्थे । त्यसकै आधारमा म पुनः निर्वाचित भएँ ।’

शिक्षामा महत्त्वपूर्ण उपलब्धि हाँसिल भएको उनले बताइन् । ‘विद्यालय नभएका ठाउँमा विद्यालय छन् । शिक्षक नहुने विद्यालयमा शिक्षकको व्यवस्थापन गरिएको छ । विद्यार्थीहरू विद्यालय आउन सक्ने वातावरण सिर्जना भएको छ । पूर्वाधार निर्माणले गति लिएको छ । पुलपुलेसा, मोटरबाटाहरू निर्माण कार्यले तीव्रता पाएका छ,’ उनले भनिन्, ‘नरैनापुरको एक ठाउँबाहेक सबै गाउँ सडक सञ्जालसँग जोडिएका छन् । कृषिमा क्रान्ति भएको छ । पर्यटनमा पनि उस्तै उपलब्धि हासिल भएको छ ।’ पहिलो अवसरलाई उनले नेतृत्वमा परिणत गरिन्, उनको नेतृत्वमा विकास सफलताको सिँढी चढ्न थाल्यो ।

उनी भन्छिन्, ‘जनताले मलाई विश्वास र भरोसा गर्नुभएको छ । म त्यो भरोसा र विश्वासलाई कुठाराघात गर्दैन ।’ २०७४ सालको प्रदेशसभा सदस्यमा यस क्षेत्रका वासिन्दाले नमूनालाई परीक्षणका लागि जिताएका थिए । परीक्षणकाल उनले सफलतापूर्वक जनताको विश्वास र भरोसालाई निराशामा बदल्ने मौका दिइन् । खासगरी समाजको पछाडि रहेको वर्ग, समुदायको सेवक भएर काम गरिन् । अझ विश्वासको पात्रका रूपमा आफूलाई उभ्याइदिइन् ।

‘जति मतदान गरे पनि गाउँको मुहार उस्तै । गाउँको विकास नहुँदा आजित भएका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले मलाई एकपटक परीक्षण गर्नलाई मत दिनुभएको थियो,’ उनले भनिन्, ‘वर्षाैंदेखि विकास हेर्न प्रतीक्षा गरिरहेका वासिन्दाका लागि मैले आफ्नो जीवन समर्पण गरे ।’

अहिले उनलाई मन्त्री हुने चाहना छ । सांसद हुँदा पनि धेरै काम गर्न सफल भएकी उनलाई मन्त्री भएपछि अझै धेरै गर्न सकिन्छ होला भन्ने आत्मविश्वास छ । उनले अहिले राप्ती नदीको तटबन्ध, सुकुम्वासीलाई जग्गाधनी पुर्जा, कृषियोग्य जमिनमा सिँचाइ र औद्योगिक क्षेत्र बनाएर रोजगारीको अवसर क्षेत्रवासीसम्म पुर्‍याउने सोचेकी छन् उनले । 

‘प्रदेश सभाको पहिलो कार्यकाल सोचेजस्तो रहेन,’ उनी भन्छिन्, ‘कोभिडले २ वर्ष काम गर्न सकेन । सत्ताको खिचातानीले अरु काम खासै हुन पाएनन् । पार्टीले आफूलाई विश्वास गरेर मन्त्री बनाए धेरै काम गर्न सक्छु जस्तो लाग्छ ।’

लुम्बिनी प्रदेश सभामा गत निर्वाचनमा २ जना कृष्णा र आरती पौडेल प्रत्यक्षबाट निर्वाचित भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x