×

NIC ASIA

लुम्बिनी प्रदेश सभामा दोहोरिए १९ सांसद, मुख्यमन्त्रीका दाबेदारहरू पराजित

मंसिर १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेश सभामा १९ जना सांसद दोहोरिएर निर्वाचित भएका छन् । प्रदेश सभाको ५२ निर्वाचन क्षेत्रमध्ये १९ जना सांसद दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । 

Muktinath Bank

लुम्बिनी प्रदेश सभा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय छ । लुम्बिनीमा नेकपा एमालेका ९ जना, नेपाली कांग्रेसका ५ जना, माओवादी केन्द्रका ४ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना नेता दोस्रो कार्यकालका लागि चुनिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सिट जितेर नेकपा एमाले पहिलो दल बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २/२ सिट, जनमत पार्टीले एक सिट जितेका छन् । माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले ३ सिट जितेका छन् । नेकपा एकीकृत समाजवादी शून्य भएको छ । 


Advertisment
Nabil box
Kumari

एमालेबाट दोहोरिनेमा रुपन्देही २(१) बाट लिला गिरी, रुपन्देही २(२) बाट भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३(२) बाट तुलसीप्रसाद चौधरी, रुपन्देही ५(१) बाट भुमिश्वर ढकाल, गुल्मी २(२) बाट दिनेश पन्थी रहेका छन् । यस्तै कपिलवस्तु १(१) बाट विष्णु पन्थी, कपिलवस्तु २(१) बाट अर्जुनकुमार केसी, अर्घाखाँची १(१) बाट चेतनारायण आचार्य र अर्घाखाँची १(२) बाट रामजीप्रसाद घिमिरे दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

Vianet communication

यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये ९ जना यसपटक चुनावी मैदानमा गएका थिए । जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएका छन् । रुपन्देही ४(२) बाट वसिउद्दिन खाँ, दाङ २(२) बाट डिल्लीबहादुर चौधरी, बर्दिया १(१) बाट भुवनेश्वर चौधरी, पाल्पा २(१) बाट वीरबहादुर राना, नवलपरासी २(२) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भए । वसिउद्दिन खाँ लुम्बिनी प्रदेशका शिक्षामन्त्री हुन् भने डिल्लीबहादुर चौधरी शहरी विकास र वीरबहादुर राना जलस्रोत मन्त्री हुन् ।

माओवादीबाट २०७४ सालमा प्रदेश सभा सदस्य भएकामध्ये ४ जना योपटक दोहोरिएका छन् । दाङ १(२) बाट इन्द्र जित थारु, बाँके १(१) बाट कृष्णा केसी, पाल्पा २(२) बाट तुलाराम घर्ती यो पटक पनि निर्वाचित भएका हुन् । यस्तै–रुपन्देही ३(१) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे पनि दोस्रो कार्यकालका लागि प्रदेश सभामा दोहोरिएका छन् ।

२०७४ को निर्वाचनमा २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । यता, २०७४ मा ७ सिट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बन्न सफल भएको छ । २०७४ मा १४ सिटमा जित निकालेको माओवादी केन्द्र अहिले ५ सिटमा खुम्चिएको छ । 

लुम्बिनी प्रदेश सरकार निर्माणका लागि साना दलहरू नै निर्णायक बनेका छन् । मुख्यमन्त्रीका दाबेदारमध्ये कांग्रेसका प्रदेश सभापति अम्मरसिंह पुन मगर, माओवादी केन्द्रका सुदर्शन बराल, एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेलगायतका नेताहरू पराजित भएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री सहस्रराम यादव पनि पराजित भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x