×

NMB BANK
NIC ASIA

शशांकसँगको भेटमा देउवाले भने–संसदीय दलको नेतामा उठ्ँदैछु मलाई सघाउनुस्

मंसिर २०, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उठ्ने तयारी थालेका छन् । संसदीय दलको नेता बन्न चाहेका देउवाले नेताहरूसँग सहयोगका लागि आग्रह गरेका छन् । 

Muktinath Bank

पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग मंगलवार बिहान भएको भेटमा देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् । पूर्वी नवलपरासीबाट लगातार चौँथो पटक चुनाव जितेका कोइराला देउवासँग बधाइ साट्न बिहान बालुवाटार पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइरालाका सहयोगी भरत तिवारीले देउवाले संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए । ‘सभापतिज्यूले संसदीय दलको नेतामा उठ्ने तयारी गरेको र समर्थन गर्न आग्रह गर्नुभयो । शशांक दाइले बधाइ दिन मात्र आएको हो भन्नुभयो’, तिवारीले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

विगतमा देउवा इतरको प्यानलबाट चुनाव लडेर महामन्त्री भएका शशांक कतै खुलेका छैनन् । देउवालाई भेटेलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शशांकलाई भेटेका थिए । 

Vianet communication

शशांकलाई भेट्न पौडेल कोइराला निवासमा पुगेका थिए । संसदीय दलको नेताका लागि पौडेलले पनि दौडधूप गरिरहेका छन् । ‘रामचन्द्र दाइसँग पनि भेट भएको हो, आजै शेखर दाइसँग पनि भेट्ने कुरा थियो । शेखर दाइ विराटनगर जानु परेकोले आज सम्भव भएन । सबै भेटमा बधाइ साटासाट मात्र भएको छ’, तिवारीले भने । 

नेपाली कांग्रेसभित्र देउवाका अतिरिक्त महामन्त्री गगन थापा, रामचन्द्र पौडेललगायतले संसदीय दलको नेताका लागि आकांक्षा देखाएका छन् । नयाँ सरकारको नेतृत्व दाबी गरेको कांग्रेसमा संसदीय दलको नेता बन्न कसरत शुरु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x