×

NMB BANK
NIC ASIA

शशांकसहित ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

मंसिर २०, २०७९

NTC
Premier Steels

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए ।

Muktinath Bank

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसकेको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी दिए । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नेपाली कांग्रेसका उम्मेदवारहरू डा शशाङ्क कोइराला, विष्णुकुमार कार्की, महेन्द्रध्वज जिसी, नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल, तिलबहादुर महत, रवीन्द्र अधिकारी, रोशनबहादुर गाहा, पद्मा जिसी, लक्ष्मणबहादुर पाण्डेले निर्वाचन खर्च विवरण पेश गरिसक्नुभएको छ”, भुषालले भने, “नेपाली कांग्रेस (बीपी), नेकपा (एकीकृत समाजवादी), मङ्गोल नेशनल पार्टी, नेपालका लागि नेपाली, हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति लगायतका पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन खर्च बुझाउनुभएको छ ।”


Advertisment
Nabil box
Kumari

जिल्लामा स्थानीय निर्वाचनमा निर्वाचन खर्च बुझाउनेभन्दा नबुझाउने उम्मेदवार धेरै थिए । निर्वाचन कार्यालयले पटकपटक ताकेता गर्दा पनि बुझाउन नआउँदा जरिवाना तिर्नुपरेको थियो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्म ४५ उम्मेदवारले खर्च विवरण पेश गरिसकेको कार्यालयले जनाएको छ । मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपाइ निर्वाचन कार्यालयमा पेश गर्न नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पुस १५ गतेसम्म समयावधि रहेको छ ।  

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x