×

NMB BANK
NIC ASIA

क्रिकेट : इंग्ल्याडले जित्यो पाकिस्तानविरुद्धको शृंखला

मंसिर २६, २०७९

NTC
ह्यारी ब्रूक
Premier Steels

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको दोस्रो टेस्ट २६ रनले जितेको छ । यससँगै उसले शृंखला जितेको हो । 

Muktinath Bank

मुल्तानमा सोमवार सम्पन्न टेस्टमा ३५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२८ रनमै अलआउट भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इंग्ल्यान्डको जीतमा ह्यारी ब्रूक नायक रहे । उनले टीमको दोस्रो इनिङमा महत्त्वपूर्ण १०८ रन बनाएर पाकिस्तानसामु चुनौतीपूर्ण लक्ष्य खडा गर्न योगदान गरेका थिए । 


Advertisment
Nabil box
Kumari

टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो इनिङमा ५१.४ ओभरमा २५१ रन बनाएको थियो । बेन डकेटले सर्वाधिक ६३ र ओली पोपले ६० रनको योगदान गरे । 

Vianet communication

पाकिस्तानका डेब्यु बलर अबरार अहमदले २२ ओभरमा ११४ रन खर्चेर सात विकेट हात पारेका थिए । 

जवाफमा पाकिस्तानले ६२.५ ओभरमा २०२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ७५ र साउद शकीलले ६३ रन बनाए । 

दोस्रो इनिङमा ब्रूकको शतकका साथै डकेटको ७९ रनको योगदानमा इंग्ल्यान्डले २७५ रन बनायो । अबरार अहमदले चार विकेट हात पारे । अहमदले समग्र म्याचमा ११ विकेट लिए । 

जीतका लागि पाकिस्तानले राम्रै गतिमा ब्याटिङ गरिरहेको थियो । तेस्रो दिनको खेल सकिँदासम्म यो खेलमा दुवै टोलीको उत्तिकै सम्भावना थियो । 

तर चौथो दिन टीमको स्कोर २९१ हुँदा साउद शकील ९४ रन बनाएर आउट भएपछि पाकिस्तानको हार अवश्यम्भावी बन्न गयो । उनीपछि आएका टेलएन्डरहरूले म्याच जोगाउनका लागि ठोस योगदान गर्न सकेनन् । 

मार्क वूडले शकील सहित माथिल्लो पंक्तिका चारजना पाकिस्तानी ब्याट्स्म्यानहरूलाई आउट गरी खेललाई इंग्ल्यान्डको पक्षमा पारे । 

पहिलो टेस्टमा पनि इंग्ल्यान्ड विजयी भएकाले यस टेस्टमा जीतसँगै शृंखला उसकै नाममा रह्यो । तेस्रो टेस्ट कराचीमा शनिवारबाट शुरू हुनेछ ।  

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x