×

NMB BANK
NIC ASIA

स्थायी राजधानी भालुवाङ चिरिच्याट ! भोलिदेखि औपचारिक काम शुरू हुने

मंसिर २७, २०७९

NTC
Premier Steels

बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ (राप्ती उपत्यका) मा सर्न थालेपछि सफा र चिटिक्क पार्न स्थानीय जुटेका छन् ।

Muktinath Bank

मंसिर २० गते मुख्यमन्त्री कार्यालय दाङ सरेपछि स्थानीय हर्षित छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भालुबाङ बजार, लालमटिया, मसुरिया, मौरीघाट, सिसहनियाँ लगायत स्थानमा सफाइसँगै सिँगारपटार जारी छ । 


Advertisment
Nabil box
Kumari

बुधवारदेखि भालुवाङबाटै प्रदेश सरकारले काम गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा बुधवार प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले बुटवलबाट दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

Vianet communication

राजधानी घोषणाको निर्णय कार्यान्वयन हुन लागेको छ । देउखुरीको लालमटीयास्थित राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ ।

मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायत संरचना बनाइएको छ । राजधानीलाई स्वागत गर्न राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ गरी सजावटको काम भएको छ । कपिलवस्तुको धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बसबिसौनी छन् । यी बस बिसौनीका प्रतिक्षालयमा पहेंलो रंग लगाइएको छ ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले प्रतिक्षालय तथा सार्वजनिक संरचना रंगरोहन गर्ने काम भइरहेको बताए । स्थायी संरचना नबन्दै राजधानी सारेर फेरि अस्थायी संरचनामै राज्यको करोडौं रकम खर्च गर्न नहुने भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x