×

NMB BANK
NIC ASIA

विश्वकप फाइनल : फिल्म हलको ठूलो स्क्रीनमा हेर्न पाइन्छ कि पाइँदैन यसपालि ?

पुस १, २०७९

NTC
Premier Steels

विश्वकप फूटबल प्रतियोगिताको फाइनल खेल आइतवार हुँदैछ । बेलुका पौने ९ बजेबाट शुरू हुने खेलमा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् ।

Muktinath Bank

विश्वकपको फाइनल हुन दुई दिन बाँकी रहँदा फिल्म हलहरूले खेल देखाउँछन् कि देखाउँदैनन् भनेर दर्शकमा चासो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकप फूटबलको फाइनल खेल देखाउने तयारीमा हलहरू लाग्दा नेपाल चलचित्र विकास बोर्डले नदेखाउन निर्देशन दिएको थियो । 


Advertisment
Nabil box
Kumari

यद्यपि, हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले भने विकास बोर्डको निर्देशनबाट पनि आफूहरू पछि नहटेको जानकारी दिएको छ । 

Vianet communication

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले लोकान्तरसँग भने, ‘खेल देखाउन इच्छुक हल सञ्चालक साथीहरूलाई देखाउन भनेका छौं । इच्छुकले आफ्नो हलमा विश्वकप देखाउन सक्छन् ।’

महासचिव महर्जनले फाइनल खेल कति हलमा देखाइन्छ ? भन्ने यकिन भने नभएको बताए । ‘कन्ट्रोभर्सीले गर्दा चल्छ चल्दैन भन्ने दर्शकमा परेर होला, त्यति सोधपुछ छैन,’ उनी भन्छन्, ‘कुनै कुरामा नेगेटिभ म्यासेज गैसकेपछि मानिसहरू डाइभर्ट हुन्छन् ।’

दर्शक पाउने अवस्थामा हलमा फाइनल खेल देखाउने उनको भनाइ छ ।

फूटबल खेल देखाउन सक्ने भन्दै शुरूमा विकास बोर्डले बक्स अफिस कोडसमेत पठाएको थियो । त्यहीअनुसार हलहरू तयारीमा लागे पनि पछि पुनः बोर्डले फिल्म हलमा फूटबल खेल देखाउन नपाउने भन्दै कारबाहीको चेतावनी दिएको थियो । 

उक्त कुराले पनि दर्शकहरू डाइभर्ट भएर त्यति चासो नदिएको हल सञ्चालकहरूको बुझाइ छ । 

‘चार वर्षमा एकपटक आउने विश्वकप हो । यतिबेला नेपाली फिल्महरू राम्रो चलिरहेका छैनन्,’ महर्जनले बोर्डविरुद्ध आक्रोशित हुँदै थपे, ‘राज्यलाई ट्याक्स तिर्छु भनेकै थियौं । मिडिया हबसँग राइट्स किन्छु भनेकै थियौं । स्थानीय प्रशासनसँग सेक्युरिटीलगायतको अनुमति लिएकै थियौं, बेर्डले रोक्न खोज्नुपर्ने कारण नै छैन ।’

चलचित्र विकास बोर्डको निर्णयविरुद्ध प्रतिवादमा उत्रिँदै हल सञ्चालक

नेपाल चलचित्र विकास बोर्डले गरेका पछिल्ला निर्णयहरूप्रति नेपाल चलचित्र संघ असन्तुष्ट छ । सोही निर्णयहरूको प्रतिवाद गर्ने निर्णयसहित चलचित्र संघले हल सञ्चालकहरूको भेला गर्ने भएको छ ।

बिहीवार कार्यसमिति बैठक बस्दै पुस ६ गते संघर्षका कार्यक्रम तय गर्न देशभरका हल सञ्चालकलाई काठमाडौंमा भेला गरिने महासचिव नरेन्द्र महर्जनले बताए । 

भेलामा प्राप्त हुने सुझावलाई समेटेर बोर्डविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा हुने उनले जानकारी दिए ।

‘चलचित्र क्षेत्रबाट गएको मान्छेले बुझ्नुहुन्छ । चलचित्र क्षेत्रको हकहितको क्षेत्रमा काम गर्नुहुन्छ भन्ने थियो,’ महर्जनले भने, ‘तर, उहाँले हामी प्रदर्शक र वितरकको हितमा कामै गर्नुभएन । अनेक नीति नियम ल्याएर दुःख दिने मात्रै काम गर्नुभयो ।’  

आक्रोशित हुँदै उनले प्रश्न गरे, ‘ठमेलको रेस्टुरेन्ट रातभरी खोल्न हुने, फिल्म हल ११ बजे बन्द गर्नुपर्ने ?’

विदेशी फिल्म ल्याउँदा एक साताअघि नै सेन्सर गर्नुपर्ने व्यवस्थालाई लिएर पनि बोर्डसँग चलचित्र संघ असन्तुष्ट छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x