×

NMB BANK
NIC ASIA

राजनीति

राष्ट्रपति चुनाव हारेकी लक्ष्मी विद्यार्थीलाई सिकाउँदै, यसपालि कांग्रेसले के गर्छ ?

पुस २, २०७९

NTC
Premier Steels

७५ वर्षीया कुमारी लक्ष्मी राई असल मानिसको खोजीमा छिन् । उमेरका कारण आराम गर्ने समयमा पनि उनी असल मानिस कसरी बन्न सकिन्छ भनेर विद्यालयमा गएर विद्यार्थीलाई सिकाइरहेकी छन् ।

Muktinath Bank

उनले असल मानिस कसरी बन्ने, स्वस्थ कसरी रहने, शान्ति कसरी पाइन्छ भनेर विद्यालयमा गएर सिकाउने गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोजपुरका १५ विद्यालयमा ९, १०, ११ र १२ कक्षाका विद्यार्थीलाई उनले प्रशिक्षण दिने गर्छिन् । आफ्नै खर्चमा विद्यालय–विद्यालयमा पुगेर उनले विद्यार्थीलाई सिकाइरहेकी छन् । वृद्धभत्ताबाट प्राप्त भएको रकमलाई उनले विद्यार्थीलाई असल र स्वस्थ बनाउन लगानी गर्ने गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

आफ्नै जिल्लावासीलाई असल र स्वस्थ बनाउनका लागि विद्यार्थीबाट विभिन्न अभियान थालेको उनले बताइन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी लक्ष्मी भोजपुर नगरपालिका–८ मा बस्छिन् । ‘अहिले जिल्लाभरका १५ विद्यालयमा अभियान चलाइरहेकी छु,’ उनले भनिन्, ‘अब शरीरले साथ दियो भने जिल्लाका सबै विद्यालयमा पुगेर असल मानिस बनाउने भूमिका खेल्छु ।’

Vianet communication

पडाडी जिल्ला भएकाले बर्खामा समस्या हुने गरेकाले सबैतिर पुग्न समस्या भएको उनले बताइन् । काठमाडौंको सेन्ट मेरिजबाट स्कूल शिक्षा सकेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी लक्ष्मीले भोजपुरमा असल मान्छे छन् भन्ने बनाउन चाहेको बताइन् । साना बालबालिकाबाट परिवारलाई पनि परिवर्तन गर्ने उनको लक्ष्य छ । तिनै बालबालिकाले परिवारमा सन्देश लगेर परिवर्तन गरिदिऊन् भन्ने लागेको उनले बताइन् । 

मन्दिरमा गएर घण्टी बजाएर मात्रै हुँदैन, सहयोगी बन्नुपर्छ भनेर सिकाउने गरेको उनले बताइन् । भोजपुरका मान्छे असल होऊन्, राम्रा होऊन्, स्वस्थ रहून् भन्ने उद्देश्यले आफ्नै खर्चमा विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीलाई सिकाइरहेकी उनले बताइन् । 

देवानसिंह राईकी छोरी हुन् लक्ष्मी । देवानसिंह राई २०१५ सालमा भोजपुरबाट निर्वाचित सांसद हुन् । त्यसयता भोजपुरबाट कांग्रेसले चुनाव जितेको थिएन । सबै चुनावमा वामपन्थीकै वर्चस्व छ ।

मंसिर ४ गते सम्पन्न २०७९ सालको आमनिर्वाचनबाट भने कांग्रेसले प्रदेशसभामा जितेको छ । ६४ वर्षपछि यसपटक जीत हात पारेको हो । २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीले जित्दै आएका थिए ।

देवानसिंहपछि भोजपुर–(१)२ बाट नेपाली कांग्रेसका विनोद बान्तवाले चुनाव जितेका छन् । उनी ७५१ मतान्तरका साथ विजयी भएका हुन् । विनोदले १३ हजार ५७९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ ल्याएका थिए । देवानसिंह भने बीपी कोइरालाले नेतृत्व गरेको सरकारका सहायक मन्त्री समेत बनेका थिए । त्यसयता भोजपुरकै ज्ञानेन्द्र कार्की मन्त्री बनेका छन् । कार्कीले पनि भोजपुरबाट चुनाव जित्न सकेनन् । दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद भएकी लक्ष्मी अहिले गाउँघरमै सामाजिक काममा सक्रिय छिन् । 

उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निर्वाचनमा पराजित भएकी थिइन् । भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिँदा उनकी प्रतिस्पर्धी बनेकी लक्ष्मी पुनः राष्ट्रपतिको आकांक्षी रहेको बताउँछिन् । त्यतिबेला वाम गठबन्धन हुँदा भण्डारीले दुईतिहाइभन्दा बढी मत ल्याएर विजयी भएकी थिइन् । भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । 

२०७४ सालमा भएको राष्ट्रपतिको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गर्दा लक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । ‘रिटायर्ड’ जीवन बिताउने भनेर काठमाडौंबाट भोजपुर फर्केकी राईलाई पार्टीले सम्मान गरेको भन्दै उम्मेदवार बनाएको थियो । कांग्रेसले उम्मेदवार बनाएकी राई तथा माओवादीको समर्थनमा एमालेले उम्मेदवार बनाएकाी भण्डारी दुवै जना भोजपुरकै हुन् । बहालवाल राष्ट्रपतिसँग उनको त्यसयता भेट भएको छैन, उनले पनि विद्यालाई फोन गरेकी छैनन् । दुवै जनाको घर भोजपुरमा नजिकै रहेको छ । उनीहरू एकअर्काप्रति परिचित हुन् । 

‘मलाई रिटायर्ड जीवन बिताउन दिनुहोस् भन्दा कर गरेर राष्ट्रपतिमा उठाए,’ पहिलेको कुरा सम्झिँदै राईले भनिन्, ‘अहिले कसैले नसम्झिँदा दुःख लाग्छ ।’

‘पहिला हार्छु भन्ने जान्दाजान्दै पनि पार्टीले उम्मेदवार बनायो । मलाई आरामले बस्न दिनुहोस् भन्दा कर गरेर टिकट दिए । अहिले कांग्रेसको अवस्था राम्रो छ, अब यतिबेला सम्झिन्छन् कि सम्झिँदैनन् ? हेर्न बाँकी छ,’ उनले भनिन् ।  

उनी राष्ट्रपतिको उम्मेदवार हुनुअघि मन्त्री बन्न चाहन्थिन् तर सभापति शेरबहादुर देउवाले पत्याएनन् । बरु उनलाई देउवाले २०७४ सालको निर्वाचनमा समानुपातिकमा राख्ने आश्वासन दिएका थिए । उनी समानुपातिकमा नबस्ने भनेर झोक्किएर हिँडेपछि राष्ट्रपति उम्मेदवार बनाइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x