×

NIC ASIA

राप्रपालाई प्राप्त मत परीक्षण मत हो : लिङदेन

पुस ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको उकालो यात्रा शुरु भएको बताएका छन् । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । 

Muktinath Bank

पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई दिन सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठीक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । उनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रूपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ । म इमान्दारीपूर्वक भन्छु यो परिणामबाट म उज्यालो छैन । खुशी छैन । यो परिणाम आउन अध्यक्षको हिसाबले म जिम्मेवार छु । हामीले ठीक ढंगले आफूलाई परिचालित गर्न सकेनौँ । प्राविधिक रुपमा मत जित्न नसके पनि हामीले मन जितेका छौँ । हामी प्रति आशा पलाएको छ । साथीहरूमा निराशा थियो । त्यस्तो साथीहरूलाई अहिले धेरै आयो नि भन्ने छ । तर हामीले ल्याउनुपर्ने यति मात्रै होइन । जित्नुपर्ने यति मात्र होइन’, अध्यक्ष लिङदेनले भने, ‘हामीले जे परिणाम प्राप्त गरेका छौँ । त्यसको जगमा टेकेर आगामी दिनमा राप्रपालाई मुलुकको पहिलो शक्ति बनाउँछौँ । राप्रपा मुलुकको पहिलो शक्ति बन्छ र हामीले हाम्रो जीवनकालमै हामीले हाम्रो मान्यताहरू स्थापित गर्छौं । जनताले आशाको दृष्टिले हेर्न थालिएको छ । साना–तिना आशंका पनि बाँकी छन् । यो मत परिणामले के देखाउँछ भने तिमिहरू साच्चै सुध्रिएकै हो त ? हेरौँ न त एकचोटी । सुध्रिएको हो कि होइन जाँच्नको लागि हामीलाई टेक्ने अवसर प्राप्त भएको छ । यो हामीलाई हामी साँच्चिकै सुध्रिएको हो भन्ने देखाउने एउटा मौका हो । यसलाई त्यो मौकाको रुपमा हामीले उपयोग गर्‍यौँ भने हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेकै हो । र हामी अहिले जे भनिराखेका छौँ त्यो बाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । अब यो यात्रा उकालो यात्रा प्रारम्भ भएको छ ।’
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x