×

NIC ASIA

उदयपुरमा बोलेरो दुर्घटना एकको मृत्यु, एकै परिवारका चारसहित ६ जना घाइते

पुस ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

Muktinath Bank

ताप्ली गाउँपालिकाको रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही लालबन्दीका ३० वर्षीय फणिन्द्र श्रेष्ठ घाइते भएका छन् । त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ, भवानी श्रेष्ठ र दुई वर्षीय भूमिका श्रेष्ठ घाइते भएका छन् । फणिन्द्रसहित श्रेष्ठ परिवारका चार घाइते भएका हुन् । श्रेष्ठ परिवार ताप्ली गाउँपालिका–२ रामपुर झिल्के ससुरालीबाट फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । त्यसैगरी ताप्ली–५ की २३ वर्षीय सुमित्रा गिरी र  वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाइतेको कटारी अस्पतालमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी नवीनकुमार बस्नेतले बताए । घाइतेमध्ये फणिन्द्र, भूमिका र झपडबहादुरलाई भने थप उपचारका लागि अन्यत्र रेफर गरी पठाएको पनि अधिकारी बस्नेतले बताए । बोलेरो चालक ताप्ली–५ खानीडाँडाका ३२ वर्षीय ईश्वर नारायण श्रेष्ठलाई प्रहरी चौकी वेतेनीले नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट २४ किलोमिटर उत्तरपूर्वमा पर्दछ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x