×

NMB BANK
NIC ASIA

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेल शुरूः शंकर पोखरेल

पुस ५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् । मंगलवार एमालेले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

Muktinath Bank

तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताउँदै महासचिव पोखरेलले तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताए । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरू भइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरूले नेकपा एमालेले अघि सारेका मान्यताहरू सही साबित गरिदिएको दाबी गरे । उनले राष्ट्रिय राजनीतिमा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको पनि बताए । 


Advertisment
Nabil box
Kumari

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकका राष्ट्रिय समस्याहरूको समाधान गर्न नसक्ने बताए । ‘गठबन्धन समस्याको समाधान होइन, हामीले चुनाव अघि भनेका थियौँ । चुनावपछि मुलुकको राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू शुरु भएका छन्, त्यसले नेकपा एमालेका मान्यताहरू सही रहेका छन् भन्ने प्रमाणित गरेको छ । राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापित भइरहेको छ । हाम्रो पार्टी अध्यक्षका विरुद्धमा जुन प्रकारको घेराबन्दी थियो, अहिलेको चुनावले सबैभन्दा लोकप्रिय नेताको रुपमा हाम्रा पार्टी अध्यक्षलाई चुनेर पठाएको छ’, उनले भने । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x