×

NMB BANK
NIC ASIA

सिद्धबाबा सुरुङ

सिद्धबाबाको सन्त्रास अन्त्यतर्फ : शुरू भयो सुरुङमार्ग निर्माणको प्रारम्भिक काम

पुस ६, २०७९

NTC
Premier Steels

डेढ दशकअघि गुल्मीबाट बुटवल आउँदै गरेको यात्रुबाहक बसलाई बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै झरेको ठूलो पहिरोले पुर्‍यो ।

Muktinath Bank

२०६२ भदौ ४ गतेको घटनामा बससँगै बुटवलबाट पाल्पातर्फ जाँदै गरेको मालबाहक ट्रक पनि त्यहीँ पुरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसमा सवार ९ जना तथा ट्रकका चालक र सहचालक गरी ११ जनाको घटनास्थलमै मृत्यु भयो । बसमा सवार ४५ यात्रु घाइते भए ।


Advertisment
Nabil box
Kumari

२०७१ असार २ गते लुम्बिनी मेडिकल कलेजका ४ जना भारतीय चिकित्सक सवार लु१च १७० नम्बरको जीपलाई सिद्धबाबामै पहिरोले थिच्दा २ चिकित्सकको मृत्यु भयो भने २ जना गम्भीर घाइते भए ।

Vianet communication

२०७२ साउन २२ गते पाल्पाबाट बुटवल झर्दै गरेको लु१ख ५७७१ नम्बरको बसलाई सिद्धबाबा पहिरोले सोहोरेर तिनाउमा खसाल्यो । बसमा सवार ३ जना यात्रुलाई तिनाउ नदीले बगाउँदा बेपत्ता भए भने दर्जनौं यात्रु घाइते भए ।

२०७४ असोज २ गते ना३ख ६१९२ नम्बरको ट्रक र लु१च ७९९४ नम्बरको कारमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भयो । पहिरो झरेर दुर्घटनाका घटना प्रत्येक वर्ष हिउँद होस् वा वर्षात्को समयमा भइरहेका हुन्छन् । ‘मृत्युमार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्डमा बाह्रै महिना पहिरो झर्दा यात्रु त्रासदीपूर्ण यात्रा गर्न बाध्य छन् ।

सिद्धार्थ राजमार्ग अहिले सिद्धबाबा सडकखण्डको पहिरोका कारण जोखिमपूर्ण छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडकखण्डमा पछिल्लो दशकमा यहीँ क्षेत्रमा ४५ भन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यहीँ खण्डमा ३–४ जना यात्रुले ज्यान गुमाउनुपरेको छ । 

बुटवल–पाल्पा सडक २०१८ सालदेखि खन्न शुरू भएको हो । २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थाल्यो । सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा सवारीसाधन गुड्छन् । यो सडकखण्ड हुँदै सवारीसाधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् ।

धेरै नागरिकको पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसूस भयो । यहाँको सुरुङमार्गको अवस्थालाई विश्लेषण गरेर रूपन्देही क्षेत्र नम्बर २ का सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको पहलमा काम अगाडि बढ्यो । सधैं जोखिम हुने बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको ‘ग्लोबल टेन्डर’ भएसँगै डिजाइनको काम सकिएपछि निर्माण कार्य शुरू भएको छ ।

डिभिजन प्रमुख होमबहादुर एसीले सुरुङमार्गको प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको बताए । ‘निर्माण क्षेत्रमा कार्यालय स्थापना, विद्युत् लाइन जडान र चिनियाँ जनशक्ति आइसकेका छन्,’ इन्जिनीयर एसीले लोकान्तरसँग भने, ‘अबको केही समयभित्रै भौतिक निर्माण कार्य शुरू हुन्छ । सडक सुरक्षाका लागि बहुप्रचारित सुरुङमार्ग संघीय सरकारले आफ्नै सामर्थ्यमा बनाउन थालेको हो ।’

सुरुङ मार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले लिएको छ । सुरुङमार्ग लामो समयदेखिको सपना हो । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको पहल र जोडबलमा यो ‘बिग प्रोजेक्ट’ अगाडि बढेको हो । कतिखेर पहिरो खस्छ भन्ने थाहा नै नहुने सधैंको पीर सिद्धबाबा भीरलाई पौडेलले उच्च प्राथामिकतामा राखेका थिए । 

२०७२ सालको भूकम्पले सिद्धबाबाको पहाडसहित पत्रे चट्टानको सन्तुलन खल्बलाई क्षतविक्षत बनाएको छ । कमलो चुरे भएकाले अलिकति सन्तुलन बिग्रिए झर्न शुरू गरिहाल्छ । पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिरनजिकै बन्ने आयोजनालाई देशकै प्रतिष्ठा र गौरवको आयोजनाको रूपमा हेरिएको छ । 

रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म करीब ३.५ किलोमिटर क्षेत्र मृत्युमार्गको नामले बदनाम छ । कसैले त यो खण्डलाई ‘मान्छे खाने सडक’को संज्ञा समेत दिने गरेका छन् । सुरुङको काम माथिल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट शुरू हुनेछ । चिडियाखोलाको खोचबाट शुरू हुने सुरुङ दोभाननजिकै ड्यामसाइड (रामापिथेकस पार्क) नजिकै निस्किने छ । 

यो ठूलो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिसकेको छ । सुरुङको लम्बाई १ किलोमिटर १२६ मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल भएनन् । करोडौं रूपैयाँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो । सुरुङको स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । सुरुङमार्गको सुरुङ हुनुअघि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ, सुरुङमार्ग ५ वर्षभित्र बन्नेछ ।

कन्सट्रक्सनको काम शुरू भएपछि कुनै चिजको पनि अभाव हुन नदिने एमाले उपाध्यक्ष समेत रहेका नेता पौडेलले बताए । पौडेलले निर्धारित मितिमै आयोजना सम्पन्न गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गरे । निर्माण व्यवसायीतर्फका इन्जिनीयर क्षितिज खनालले विभागले डिजाइन हेरेपछि भौतिक प्रगति अगाडि बढ्ने लोकान्तरलाई बताए ।

आयोजनाको तालिका अनुसार नै काम अगाडि बढिरहेको बताउँदै प्राविधितर्फको कामले तीव्रता लिएको उनले जानकारी दिए । 

समग्र पाल्पाको विकासका लागि सिद्धबाबाको बाटो अभिशाप बनेको छ । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले सुरुङमार्ग तिनाउमा उदाउँदो सपना भएको बताए । सुरुङ बनेपछि आम लुम्बिनीवासीको अपेक्षा पूरा हुने गुरुङले बताए । धार्मिक पर्यटकीय क्षेत्र सिद्धबाबा सुरुङ बनेपछि पर्यटन क्षेत्रमा पनि एउटा उचाइ थपिने छ ।

वातावरणविद् तथा इन्जिनीयर प्रा.डा. खेटराज दाहालले आवश्यकभन्दा केही सानो सुरुङमार्ग बन्न लागेको बताए । ‘सुरुङ खास चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने थियो,’ दाहालले भने, ‘यात्राका क्रममा मानिसहरू बलि चढेका थिए । सरकारले एकदमै राम्रो गर्‍यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर क्षेत्र सुरुङमार्ग बन्नुपर्ने अवस्था छ । अब सुरुङको कन्सट्रक्सनको काम शुरू गर्दा सावधानी अपनाउनुपर्छ । सिद्धबाबाको चुरे कमलो छ । अलिकति खोतल्ने बित्तिकै खसिहाल्छ । अहिलेसम्म भएको क्षतिभन्दा निर्माण गर्दा क्षति हुनसक्छ । बडो सचेत हुनुपर्छ ।’

सुरुङ मार्गसँगै प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग सञ्चालनमा आउने तयारीमा छन् । रूपन्देहीको चरङ्गे, मुडाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्छको प्रदेश सरकारले निर्माण गरेको वैकल्पिक मार्ग ग्राभेल गर्ने काम भइरहेको छ । २ वर्षअघि नै ‘ट्रयाक’ खोलिएको वैकल्पिक मार्ग आउँदो ३–४ महिनाभित्र सञ्चालनमा आउने तयारीमा छन् ।

बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किलोमिटर लामो ‘ट्रयाक’ पनि खोलिएको छ । सडक नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । सिद्धबाबाको वैकल्पिक मार्गका लागि २ वर्षसम्म प्रदेश सरकारले १०–१० करोड रूपैयाँ छुट्याएको थियो । आउन लागेको आर्थिक वर्ष २०७८/७९ को प्रदेशको बजेटमा पनि वैकल्पिक मार्गलाई प्रदेशले बजेट विनियोजन गर्ने बताइएको छ । 

पहिरो रोक्न जियोटेक सोलुसन्स् इन्टरनेसनल प्रालिले रकनेटमार्फत पहिरो रोक्न परीक्षण पनि गरेको थियो । पहाडमा जाली लगाएर ढुंगालाई त्यहीँ अड्याउने प्रविधि रकनेट हो । जापानले बीपी राजमार्ग बनाउँदा विभिन्न ठाउँमा यही प्रविधि प्रयोग गरेको छ । सुनौली पोखरा सिद्धार्थ राजमार्गलाई पनि ‘डेडिकेटेड’ राजमार्ग बनाउने योजना सरकारले अगाडि सारेको छ । २ लेनको सडकलाई पनि ‘फोरलेन’मा विस्तार गरिँदैछ । अहिले यो सडकका घुम्ती काट्ने काम भइरहेका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x