×

NMB BANK
NIC ASIA

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

पुस ६, २०७९

NTC
Premier Steels

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । 

Muktinath Bank

आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले छलफलमा स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना निर्वाचन अघिसक्ने र स्नातक तेस्रो तथा चौथो वर्षको नतिजा प्रकाशन र निर्वाचनलाई असर पार्ने गरी कुनै पनि परीक्षा तालिका सार्वजनिक नगर्ने भएको बताए । छलफलमा विभिन्न सङ्काय र संस्थानका डीनहरू, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको उपस्थिति थियो । 


Advertisment
Nabil box
Kumari

“स्ववियु निर्वाचनको सम्बन्धमा हामीबीच सहमति भएको छ”, उनले भने, “अब विद्यार्थी सङ्गठनसँग छलफल गरेर मिति सार्वजनिक गर्दछौँ ।” आजको बैठकको समझदारीअनुसार यही पुस ११ गते (सोमबार) सम्पूर्ण विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्षसहितको बैठक बोलाइएको उनले जानकारी दिए। 

Vianet communication

विद्यार्थीसँगको छलफल गरेर विद्यार्थी कल्याण निर्देशनालयमा मिति पेश गर्ने र निर्देशनालयले त्रिवि कार्यकारी परिषद्मा मिति सिफारिस गर्नेछ । त्यसपछि त्रिवि कार्यकारी परिषद्ले मिति घोषणा गर्ने उहाँले बताउनुभयो । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । 

विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x