×

NMB BANK
NIC ASIA

अर्थतन्त्र उकास्न उत्पादन बढाउँदै पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ : राष्ट्रपति भण्डारी

पुस ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरेको भन्दै उत्पादनमा जुट्नुपर्ने बताएकी छन् ।

Muktinath Bank

आर्थिक मन्दी र व्यापार घाटाले मुलुकको विदेशी मुद्राको सञ्चितीमा ठूलो चाप परेको भन्दै उनले उत्पादन बढाउँदै पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारदेखि बुटवलमा शुरू भएको १५औं औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिनको पूर्ण सदुपयोग गरेर  आर्थिक क्षेत्रका मेरुदण्ड किसानलाई राज्यबाट सहज सेवा उपलब्ध गरी देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखिन् ।


Advertisment
Nabil box
Kumari

‘स्वदेशी उत्पादनको प्रयोग गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘जलविद्युत्को अधिकतम खपत गरौं, कृषि उत्पादन बढाउँदै पर्यटन प्रवर्द्धनमा लाग्नु अहिलेको आवश्यकता हो ।’

Vianet communication
Laxmi Bank

स्वदेशी उत्पादन, प्रवर्द्धन र बजारीकरणमा औद्योगिक प्रदर्शनीले ठूलो टेवा पुर्‍याउने राष्ट्रपतिको विश्वास छ । ‘हाम्रा आफ्ना सभ्यता, मार्गदर्शन र आदर्श मानेर समृद्ध नेपाल निर्माणको आकांक्षालाई पूरा गर्नुपर्ने अहिलेको आवश्यकता हो,’ राष्ट्रपति भण्डारीले भनिन् ।

विश्वका बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई शान्ति शहरको रूपमा विकास गरी लुम्बिनीसँग जोडिएको बुद्धसँग सम्बन्धित क्षेत्रको पनि प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने बताउँदै उनले पर्यटकलाई अन्य क्षेत्रमा पनि लैजानुपर्ने बताइन् ।

लुम्बिनी प्रदेशमा आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाको सहभागिता उत्साहमूलक रहेको उनको भनाइ छ । त्यसको लागि औद्योगिक क्षेत्रमा आर्थिक र मानवीय लगानी बढाउनुपर्ने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x