×

NMB BANK
NIC ASIA

जाँदाजाँदै लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री सम्मेलन गर्ने भएको छ ।

Muktinath Bank

आगामी पुस १५ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूले राप्ती उपत्यकामा भेला भएर ५ वर्षे पहिलो कार्यकालको समीक्षा गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारबाट बिदा हुन लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि सम्मेलन आयोजना गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए । ‘५ वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका कामको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिनका लागि सम्मेलन आयोजना गरेका हौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत अगाडि बढाएको मन्त्री शर्माले बताए । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले जानकारी दिए ।

Vianet communication

२०७७ असोज २० गते प्रदेश सभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको झण्डै २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको छ ।

मुख्यमन्त्री कार्यालयले देउखुरीमा मंसिर २८ गतेदेखि काम शुरू गरिसकेको छ । अन्य मन्त्रालयहरू पनि अब छिट्टै नै सार्ने तयारी थालिएको छ । यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरूको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले बताए । 

सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री कूलप्रसाद केसीसहित १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी हुनेछन् । बागमतीका मुख्यमन्त्री पाण्डेले शुक्रवार राजीनामा दिइसकेका छन् । 

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पनि स्थायी राजधानी दाङमै गर्ने गरी तयारी थालिएको छ । प्रदेशसभा भवनको निर्माण पूरा भई सम्पूर्ण व्यवस्थापनको काम समेत भएको हुँदा नवनिर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्रिमण्डललाई दाङको देउखुरीमै शपथ खुवाउने र प्रदेश सभाको बैठक पनि दाङमै राख्ने तयारी भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x