०५ साउन २०८३, मंगलबार
सरकारमा नयाँ सेट

शीतल निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ [फोटो फिचर]

पुस ११, २०७९
शीतल निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ [फोटो फिचर]

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा सोमवार अपराह्न आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

यसैगरी एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीबाट अब्दुल खानले पनि शपथ लिएका छन् ।

उनीहरूलाई अहिलेसम्म कुनै पनि विभागीय मन्त्रालयको जिम्मा दिइएको छैन । 

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा राष्ट्रपतिका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भए ।

प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो ।

हेर्नुहोस्, तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्