×

NMB BANK
NIC ASIA

एमाले कर्णाली प्रदेशसभा दल नेतामा कँडेल चयन, माओवादी केन्द्रमा शर्मा

पुस १३, २०७९

NTC
Premier Steels

कर्णालीमा सत्ता साझेदार प्रमुख २ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेका छन् ।

Muktinath Bank

एमालेले यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई सर्वसम्मत दल नेता चयन गरेको हो । दलको नेता टुंग्याउन बुधवार दुवै दलको बैठक बसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले दलको नेता कँडेल पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । उनी यसअघि पनि प्रदेशसभा संसदीय दलको नेता थिए । अघिल्लोपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा लडेका उनी माओवादी केन्द्रलाई छाड्नुपर्दा ‘ब्याक’ भएका थिए । नेकपा विघटन भएपछि एमाले र माओवादी केन्द्र अलग–अलग हुँदा एमालेको स्पष्ट बहुमत रहे पनि तत्कालीन माधवकुमार नेपाल खेमाका सांसदको असहयोगका कारण कंडेल मुख्यमन्त्री चुनिन पाएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

यसपटक माओवादी केन्द्रको सहयोगमा पहिलो चरणमै उनी मुख्यमन्त्री बन्ने अपेक्षामा छन् । उनी सुर्खेत २(१) बाट निर्वाचित सांसद हुन् । प्रदेश सभामा एमाले १० सांसदसहित तेस्रो स्थानमा छ ।

Vianet communication

रुकुमपश्चिम २ बाट निर्वाचित शर्मा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीका पूर्व अध्यक्ष हुन् । उनी जनयुद्धदेखि नै माओवादी केन्द्रमा आवद्ध थिए । पार्टीमा उनी ‘आर्ट’ नामले चिनिन्छन् । २०७४ सालको स्थानीय निर्वाचनमा शर्मा जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित थिए । दलको नेता चयन गर्न सांसदहरूको सुझाव लिन माओवादी केन्द्रले मंगलवार प्रदेश कमिटीको बैठक बोलाएको थियो । बैठकमा शर्मासहित अन्य ४ जनाले दल नेतामा दाबी गरेका थिए तर बुधवारको बैठकमा शर्मा सर्वसम्मत नेता चयन भएका हुन् । उनको यो पहिलो संसदीय यात्रा हो । प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन् ।

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि शुक्रवार नेता चयन गरेको थियो । कांगे्रस दल नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका थिए । प्रदेश सभामा कांगे्रसका १४ सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x