×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

प्रधानमन्त्री प्रचण्डलाई शहरबाट एक माओवादीको पत्र

म एलियन अर्थात् काठमाडौंमा भेटिने एउटा ‘दुर्लभ’ माओवादी !

काठमाडाैं | पुस १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

करीब डेढ महिना अगाडिको कुरा हो । मुलुकमा चुनावी माहोल जोडतोडले तातेको थियो । चिया पसलदेखि चोकसम्म जताततै चुनावी चर्चा सुनिन्थ्यो । चुनावले नछोएको शायदै कोही हुँदो हो । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

एकदिन घरबाट निस्किएर ‘अफिस’ जाँदै थिएँ । बिहान साढे ९ बजेतिर बाटोमा एक आफन्त भेटिनुभयो । उहाँ दुई-चारजना वृद्धहरूको बीचमा घाम ताप्दै चुनावी गफमा हुनु हुँदोरहेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सामान्य शिष्टाचारपछि म पनि चुनावी बहसमा मिसिएँ । अनि सोधें, ‘यसपालि यो क्षेत्रमा कसले जित्ला जस्तो छ ?’ ती आफन्तले व्यंग्य गरिहाल्नुभयो, ‘माओवादीले पो जित्ला जस्तो छ त... !’

तत्कालीन सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा माओवादीकै उम्मेदवार थिए । तर, उहाँले व्यंग्य गर्नुभएको हो भन्ने बुझ्न मलाई गाह्रो परेन किनकि अरू बेलामा पनि माओवादीका विषयमा मलाई यसैगरी व्यंग्य गरिरहनुहुन्छ ।


Advertisment
cg elex island
Saurya island

तर, अरूलाई हामीबीचको कुरा के थाहा ? उहाँको कुरा भुइँमा खस्न नपाउँदै एक वृद्धले प्रतिवाद गरे, ‘कहाँ जित्छ माओवादीले ? यहाँ यस्तो स्वतन्त्रको चर्चा छ । त्यही पनि यस्ता युवा (मलाई संकेत गरेर)सँग माओवादीका कुरा ? यी सबैले स्वतन्त्रलाई भोट हाल्छन् ।’

काठमाडौंमा माओवादीले जित्छ, अनि यहाँ भेटिने कोही युवा माओवादी हुनसक्छ भनेर जो कोहीलाई विश्वासै नहुने । मेरा लागि यो कुनै नौलो घटना थिएन, त्यसकारण कुनै प्रतिक्रिया जनाइनँ । ती आफन्त र म एकअर्कालाई हेरेर थोरै मुस्कुरायौँ, अनि म अफिसतिर लागें । यो त एउटा सामान्य उदाहरण मात्र हो, मैले यस्ता धेरै परिस्थिति भोगेको छु ।

Vianet communication
IME BANK INNEWS

एकपटक यस्तै एउटा जमघटमा जोडतोडले राजनीतिक बहस चलिरहेको थियो । उनीहरूको विचार फरक–फरक रहेको प्रस्टै बुझिन्थ्यो, तर जब माओवादीको विषय आयो, सबै एकमत । ‘यी फटाहाहरू, जंगलीहरू, १७ हजार मान्छे मारे, देशका लागि के गरे ?’ माओवादीको आलोचनामा धाराप्रवाह भाषण दिन सक्ने । 

भीडबाटै एकजना बोल्यो, ‘त्यही भएर शहरमा सिलो खोज्दा पनि माओवादी भेटिँदैन त ।’ सुनिरहनै सकिनँ, अनि जवाफ दिएँ, ‘माओवादीका कमजोरी मात्र छैनन्, देशमा यो परिवर्तन ल्याएको शक्ति पनि हो नि !’

त्यसपछि सबैले मलाई एकैपटक हेरे, मानौं अर्कै ग्रहबाट कुनै अनौठो प्राणी झर्‍यो । ‘यहाँ माओवादीको समर्थन गर्ने मान्छे अझै पनि भेटिन्छ र ?’ त्यहीँ रहेको एउटा व्यक्ति बोल्यो । ‘एलियन त हुन्छ भन्थे, माओवादी पनि भेटिने रहेछ’, अर्कोले व्यंग्य मिसायो । त्यसपछि मैले माओवादीलाई ‘शहरको एलियन’ भन्ने गरेको छु । 

एलियन अर्थात् अर्कै ग्रहको प्राणी । एलियन हुन्छ भन्छन्, तर आजसम्म देखेको कसैले छैन । आजभोलि काठमाडौं शहरका लागि माओवादी पनि त्यस्तै हो । यहाँ माओवादी पनि छन् भन्छन्, तर भेट्न मुस्किल पर्छ । आलोचनात्मक हिसाबले नै सही, तिनले गरेको व्यंग्य वास्तविकतानजिक थियो । सोही कारण कार्यकर्ता नै नभए पनि आफूलाई जान्ने भएदेखि नै माओवादीको समर्थक रहेकाले म पनि एलियन नै भएँ ।

....

यो शहरी दुनियाँबाट अलगथलग रहेर माओवादीलाई अटुट समर्थन गरिरहनुमा पनि कारण छ, जसलाई यहाँ बाँड्नु उचित नै हुन्छ ।

मेरो जन्म २०४६ को राजनीतिक परिवर्तन कै आसपासमा भएको हो । मैले जान्ने/बुझ्ने हुँदा देशमा माओवादी जनयुद्ध शुरू भैसकेको थियो । अनि हाम्रो परिवार र आफन्त पनि माओवादी समर्थक ।

म सानै थिएँ । हाम्रोमा माओवादी जनयुद्धमा होमिएको कुनै न कुनै योद्धा नआएको दिन नै हुन्थेन । घरमा ढोका लगाएको छ र कोही छैन भने कहिले घाँसको भारीको छेल परेर लुकेको हुने, कहिले वस्तुभाउको थलोमा ।

सेनाको ठूलै ब्यारेक घरबाट मुस्किलले ४/५ किलोमिटरको दूरीमा थियो । घरमा आउने नौला मान्छेलाई हामी मामा भन्थ्यौं । 

वल्लोपल्लो घरका कसैले देखिहाल्यो भने पनि मामा भनेर चिनाउने भएकाले अहिलेसम्म बाँचेका त्यतिबेलाका कतिपय माओवादीलाई हामी मामा नै भनेर सम्बोधन गर्छौं । महिला हुँदा चाहिँ कसैलाई दिदी वा कसैलाई अर्कै कुनै साइनो लगाउँथ्यौं ।

जिन्दगी चलिरहेको छ । खान लगाउनलाई दुःख छैन । सानोतिनो बचत पनि होला, तर यो दिन नलाग्दासम्म हो । त्यसरी दिन लाग्यो भने यहाँ धेरै परिवार उसैगरी धर्मराउने छ । एउटा जटिल रोगसँग जुध्ने आर्थिक ताकत पनि धेरैसँग देख्दिनँ म । जुन आजको मध्यम, निम्नमध्यम र विपन्न वर्गको साझा चिन्ता हो ।

आर्मीको ब्यारेक र हाम्रो स्कूल नजिकै थियो । ब्यारेकबाट कोही आर्मी निस्किँदा हामी झस्किन्थ्यौं । घर पुगेर ती मामा अथवा दिदीहरूलाई भगाउन वा लुकाउन हतारो हुन्थ्यो । बच्चा देखेर कहिलेकाहीँ आर्मीहरूले सोध्थे, ‘हाम्रा साथीहरू आउनुहुन्न घरमा ?’ हामी सकेसम्म जवाफ नदिई तर्किन्थ्यौं । जवाफ दिनै परे ‘कोही पनि आउँदैन हाम्रोमा त’ भनेर हिँड्थ्यौं ।

अहिले लाग्छ, त्यतिबेला आर्मीहरूले हाम्रो त्यो व्यवहारमा किन शंका गरेनन् ? शायद बच्चा भनेर ध्यान दिएनन् होला ।

त्यतिबेलादेखि माओवादीहरूकै कुरा सुनियो । उनीहरूले नै ल्याएका पुस्तक पढियो । उनीहरूले नै भोगेको दुःख देखियो । आज राति हाम्रै घरमा बास बसेको मान्छे भोलि शहीद भयो रे भन्ने खबर आउँथ्यो । त्यस्ता कैयन होनाहार योद्धाहरूले ज्यान गुमाएको देख्यौं अथवा थाहा पायौं ।

युद्धको दुई पाटो हुन्छ, जुन कुरा बाहिरबाट अरू मानिसहरूले महसुस गरे, त्यो हामीले महसुस गर्न पाएनौं । जुन कुरा हामीले महसुस गर्‍यौं, त्यो उनीहरूले महसुस गर्न पाएनन् शायद ।

२०६२/०६३ को जनआन्दोलन भयो । माओवादी शान्ति प्रक्रियामा आयो । म थप अध्ययनका लागि काठमाडौं आउने बेला भएको थियो । त्यतिबेला आफूलाई माओवादी समर्थक भन्दा गर्व महसुस हुन्थ्यो ।

प्रचण्डको पहिलो प्रधानमन्त्रीत्वकालमा एकपटक कुनै मिडियाले मलाई ‘भक्सपप’मा तत्कालीन सरकारबारे केही सोधेको थियो । मैले धाराप्रवाह भाषण दिएको थिएँ । आलोकाँचो बेला, कुन मिडिया हो ख्याल गर्न पनि भुलेछु । त्यो मेरो भनाई कतै बज्यो कि बजेन, सुन्न पाइनँ । अहिले थकथक लाग्छ । 

त्यसयता झण्डै डेढ दशकभन्दा बढी समय बित्यो । माओवादीका हरेक आरोहअवरोह अनि टुटफुट नियालेको छु । आफ्नै आँखाअगाडि माओवादीकै नाममा राजनीति गरेर कतिपयले जीवनशैलीमा ठूलै परिवर्तन ल्याएको पनि देखेको छु । घर तथा गाडी जोडेको पनि देखेको छु । माओवादी हुँ भनेर मान्छेलाई धम्क्याएको, तर्साएको, चन्दा उठाएको पनि देखेको छु । कहिलेकाहीँ सोच्छु, हामीले बच्चा हुँदा देखेका र आजसम्म दिमागमा अमिट छाप छाड्न सफल माओवादी त यी हुँदै हैनन् ।

कलेजमा विद्यार्थी राजनीतिमा थोरै जोडिन खोजेको थिएँ, तर गाउँमा उतिबेला भेटेका जस्ता माओवादी शहरमा भेटिएनन् । सोही कारण आफ्नो तर्फबाट माओवादी विद्यार्थी संगठनलाई सहयोग र समर्थन गरें, तर सदस्यता लिइनँ । पार्टीको सक्रिय राजनीतिमा पनि आफूलाई जोडिनँ, पढाइ अगाडि बढाइरहें । पढाइ सकेर जागिर गरिरहेको छु । र, अहिले पनि आफ्नो जागिरसम्बद्ध पेशागत संगठनमा समेत आबद्ध छैन ।

किन हो कुन्नि २०५० को दशकमा देखेका माओवादीको छाप दिमागबाट आजसम्म पनि मेटिन सकेको छैन । चुनाव आउँदा माओवादीलाई नै भोट हाल्न मन लाग्छ । माओवादीका अधिकांश नेतासँग त आश लाग्न छाडिसक्यो, तर अध्यक्ष प्रचण्ड सरकारमा हुँदा केही आशा पलाउँछ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको दोस्रो कार्यकाललाई पनि नजिकबाट नियालेको हुँ । त्यतिबेला उनले काम गर्नै खोजेको हो भन्ने मेरो बुझाइ छ । तर, समय निकै छोटो थियो । आफ्नो वचनबद्धता पूरा गर्न पनि शेरबहादुर देउवालाई सरकारको नेतृत्व छाडेर छिट्टै बाहिरिनुपर्‍यो । प्रचण्डले अलि समय पाएको भए केही गर्ने रहेछन् भन्ने लागेको थियो ।

माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई पनि मलाई निकै मन पर्थ्यो । बाबुरामले केही गर्छन् भन्ने आशा शुरूदेखि नै थियो । अर्थमन्त्रीका रूपमा आशा जगाएकै हुन्, तर प्रधानमन्त्री बनेको समय सही थिएन । तैपनि काठमाडौंका सडकलाई फराकिलो बनाए । त्यही सडक चौंडा गर्न घर भत्काएको कुरालाई लिएर काठमाडौंले माओवादीलाई बिर्सिन थाल्यो । तर, थोरै भए पनि हामीलाई आवतजावतलाई सहज भएको छ । 

यसपटक चुनावबाट पार्टी कमजोर भयो । माओवादीकै कतिपय नेताले अब सरकारको नेतृत्व गर्ने हैन, प्रतिपक्षमा बसेर जनतामा जानुपर्छ भनेको सुनें । तर, म त्यो कुरामा कहिल्यै ‘कन्भिन्स’ हुन सकिनँ, किनकि अब माओवादीले जति चिल्ला कुरा गरे पनि शहरी जनमतले उसलाई सुन्नेवाला छैन । जनताले खोजेको ‘डेलिभरी’ नै हो । माओवादीले देशमा परिवर्तन ल्यायो, तर जनताको जीवनमा परिवर्तन ल्याउन सकेन । 

हुन त दुई दशकयताका बिरलै त्यस्ता सरकार होलान्, जसमा माओवादी सहभागी नभएको होस् । गर्ने भए पहिला पनि गर्थे भन्ने स्वाभाविक प्रश्न छ । तर, मलाई अझै पनि थोरै आशा छ, प्रचण्डले नेतृत्व गर्ने सरकारसँग । प्रचण्डले कम्तीमा २ वर्ष सरकारको नेतृत्व गरेको हेर्ने रहर छ । यो अन्तिम मौकामा पनि केही गर्न सकेनन् भने त्यतिबेलै सोचौंला ।

हुन त सोच्ने मेरो काम हैन, तर पनि अनायासै सोच्छु, शहरले माओवादीलाई किन यसरी बिर्सियो ? सर्वहारा वर्गबाट टाढा हुँदै गएको माओवादी किन निम्नमध्यम र मध्यम वर्गको हुन सकेन ? मेरो वरिपरिका कुनै पनि मानिस किन माओवादीको नाम सुन्न समेत तयार छैन ? माओवादीले के त्यस्तो गर्न सक्छ, जसबाट शहरी निम्नमध्यम र मध्यम वर्गको समस्या समेत समाधान हुन्छ ?

धेरै सोचेपछिको मेरो निष्कर्ष छ, गर्नुपर्ने काम निकै छन् । पहिलो त नेताले आफूलाई सुधार्नुपर्ने छ । जनतासँग फेरि जोडिनुपर्ने छ । दुःखी तथा गरीबको आवाज बोल्नुपर्नेछ । तर, यी अलि ‘भेग’ कुरा भए । देखिनेगरी दुईवटा काम गर्नुपर्ने छ, अनि बल्ल शहरले र निम्नमध्यम तथा मध्यम वर्गले माओवादीलाई सम्झिन थाल्ने छ । 

ती दुई कुराबारे यहाँ उदाहरणसहित चर्चा गर्नेछु :

****

मैले चिनेको एक व्यक्ति हुनुहुन्छ । उमेरले म भन्दा त्यस्तै ५/७ वर्ष जेठो । विवाह भएर बालबच्चा भइसकेका थिए । एउटा ठिक्कको व्यापार थियो । खुसीसाथ आफ्नो परिवार पालिराख्नुभएको थियो । जीविका चलाउन खासै समस्या थिएन । बिल्कुल एउटा हाँसीखुसी निम्नमध्यम वर्गीय परिवार थियो ।

दिन सधैँ एउटै कहाँ हुँदोरहेछ र, खुसीमा कसको आँखा लाग्यो कुन्नि, त्यो परिवार देख्दादेख्दै सडकमा आयो । आज मागेर गुजारा चलाउनुपर्ने स्थितिमा पुगेको छ । भयो के भने, घरमूलीलाई एउटा गम्भीर रोग लाग्यो । परिवारका सदस्यले शुरूमा ‘प्राइभेट’ अस्पतालमा लगेर उपचार गरे । भएभरको बचत र आफन्तसँग सापटी माग्न मिल्ने जति पैसा त्यहीँ सकियो । 

रोग अझै निको भएन । त्यसपछि सरकारी अस्पतालमा सारियो । देख्दादेख्दै पसल बेचे । घरजग्गा बन्दकीमा राखे । पछि त्यही पनि कतिपय बिक्री गरे । अहिले बेच्न बाँकी केही छैन । ऋण माग्न बाँकी मान्छे कोही छैन । एउटा खुसीसाथ चलिरहेको निम्नमध्यम वर्गीय परिवार सडकमा आएको छ ।

त्यो घटना देखेपछि मलाई जहिले पनि चिन्ता लाग्छ, यो हाँसो अनि खुसी दिन नलाग्दासम्म रहेछ । दिन लाग्यो भने हाम्रो हातमा केही नरहने रहेछ । संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हक भनेको छ तर अस्पताल गरिब उत्पादन गर्ने कारखाना बनिरहेको छ । 

म मात्र हैन, धेरै निम्नमध्यम वर्गीय परिवारको चिन्ता यही हो । जिन्दगी चलिरहेको छ । खान लगाउनलाई दुःख छैन । सानोतिनो बचत पनि होला, तर यो दिन नलाग्दासम्म हो । त्यसरी दिन लाग्यो भने यहाँ धेरै परिवार उसैगरी धर्मराउने छ । रोग लाग्ने व्यक्ति त बचाउन नसकिए मरेर जाला, तर बाँच्ने सिंगो परिवारले वर्षौंसम्म त्यसको आर्थिक भार र प्रभाव झेल्नेछ । एउटा रोगसँग जुध्ने आर्थिक ताकत धेरैसँग देख्दिनँ म । जुन आजको मध्यम, निम्नमध्यम र विपन्न वर्गको साझा चिन्ता हो ।

यो प्रसंग यहाँ किन उल्लेख गरेको भन्नुहोला । मलाई यहाँ राज्यको भूमिका हुनुपर्छ भन्ने लाग्छ । राज्यले हरेक नागरिकसँग कमाइमा पर्याप्त आयकर असुलोस्, खुसीखुसी तिर्न तयार छौं । थोरै गाँस काट्न राजी छौं । बरु, विलासिताका सामान कम प्रयोग गरौंला । जति छ, त्यसैमा खुसी हौंला । तर, रोग लाग्दा राज्यले उपचार गरोस् । बचाउन सकिने मान्छे आर्थिक अभावकै कारण मर्नु नपरोस् । बाँच्नेहरू आर्थिक भारले थिचिनु नपरोस् ।

निजी अस्पताल रहिरहून्, त्यहाँ पैसा हुनेले उपचार गर्छन् । सरकारी अस्पतालमा हरेक उपचार सुविधा उपलब्ध होस् । बेड पाउन नेतालाई फोन गर्नु नपरोस् । समयमा उपचार पाइयोस् । हुनेसँग पैसा लिए भयो, नहुनेको उपचार राज्यको दायित्व होस् । त्यसका लागि स्वास्थ्य बीमालाई नै प्रभावकारी बनाएर हरेकका लागि अनिवार्य गर्ने हो कि आयकर बढाएर सामाजिक सुरक्षामार्फत् खर्च गर्ने हो, त्यो राज्यले सोचोस् । 

यो असम्भव कुरा पनि हैन । सामाजिक सुरक्षाको यो मोडल विकसित र विकासशील धेरै देशरूले अपनाएका छन् । त्यहाँ सम्भव हुन्छ भने हाम्रोमा किन हुन सक्दैन ? अवश्य हुनसक्छ, तर आवश्यकता छ इच्छाशक्तिको ।

आजको निम्नमध्यम वर्गले खोजेको यही हो । देशका विपन्न नागरिकप्रति राज्यको दायित्व पनि यही हो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले यति गर्‍यो भने शहरमा एलियन मात्र हैन, माओवादीहरू पनि भेटिन थाल्नेछन् ।

****

अब दोस्रो प्रसंगमा जाऔं । मेरा एक आफन्त हुनुहुन्छ, १५/२० वर्ष भयो खाडीमा पसिना चुहाउन थाल्नुभएको । अब त नेपाल फर्कने हैन ? भन्यो, अझै केही वर्ष दुःख गर्छु भन्नुहुन्छ । उहाँको कमाइको अधिकांश हिस्सा छोराछोरीको पढाइमा खर्च भएको देखेको छु ।

विदेशमा गएर कमाएको पैसाले छोराछोरीले राजधानीमा शिक्षादिक्षा लिए । हरेक महिना कमाएर पठाएको पैसा स्कूल तथा कलेजलाई ‘फी’ बुझाउँदैमा सकिन्छ । आर्थिकरूपमा खासै उन्नति भएको देखेको छैन । तर, छोराछोरीले राम्रो पढेका छन् । सबै कम्तीमा १२ सम्मको अध्ययन सकाएर राम्रो देश पठाउन पाए घर फर्किन्थें भन्ने उहाँको धोको छ । अब उहाँ आफ्नो लक्ष्यनजिक हुनुहुन्छ । विदेश पुग्न एउटै मात्र सन्तान बाँकी छ ।

मैले जान्दा नेपालमा उहाँको ठिक्कको जागिर थियो, काठमाडौंमा औसत निम्नमध्यम वर्गीय व्यक्तिले कमाउनेभन्दा बढी नै तलबको । तर, त्यो कमाइले ३ छोराछोरीको ‘स्कूल फी’ धानेन । राम्रै स्कूलमा पढाऊँ भन्ने धोकोले विदेशिनुपर्‍यो । छोराछोरीकै अध्ययनका लागि भनेर उहाँले यो बीचमा भोगेको पारिवारिक बिछोडको पीडा कसले बुझ्ने ? उहाँका बालबच्चाले आफ्नो बुवालाई बिरलै मात्र देख्न पाए । एउटा श्रीमती श्रीमान्बाट दशकभन्दा बढी समयसम्म टाढा रहनुपर्‍यो ।

कतिले घरजग्गा बेचेर छोराछोरी पढाएको देखेको छु । कतिले यसैगरी विदेश गएर पसिना बगाएका छन् । चिनेजानेका जति पनि व्यक्ति श्रम बेच्न विदेशिएका छन्, तिनका श्रीमती र बालबच्चा काठमाडौं वा अन्य शहरमा डेरा गरेर बसेका छन् । उद्देश्य एउटै छ, छोराछोरीको राम्रो शिक्षादिक्षा ।

कतिले घरजग्गा बेचेर छोराछोरी पढाएको देखेको छु । कतिले यसैगरी विदेश गएर पसिना बगाएका छन् । चिनेजानेका जति पनि व्यक्ति श्रम बेच्न विदेशिएका छन्, तिनका श्रीमती र बालबच्चा काठमाडौं वा अन्य शहरमा डेरा गरेर बसेका छन् । उद्देश्य एउटै छ, छोराछोरीको राम्रो शिक्षादिक्षा ।

विदेशमा कमाएको पैसा महिनैपच्छिे स्कूल/कलेजमा ‘डिपोजिट’ गर्नुपर्छ । दुःख गर्न सक्ने उमेर सकिँदा पैसा पनि स्कूल/कलेजमै बुझाएर सकिन्छ । अरू इच्छा/आकांक्षा पूरा गर्ने कुरा त सपना मात्र भएका छन् ।

यहाँ पनि राज्यको भूमिका चाहिने हैन र ? 

अधिकांश सरकारी स्कूल कामै नलाग्ने अवस्थामा पुगेका छन् । निजी स्कूलमा अचाक्ली महंगा छन् । फेरि शहरमा त छोराछोरी कस्तो स्कूलमा पढ्छन्, अनि कुन देशमा छन् भन्ने कुरा इज्जतसँग जोडिन थालेको छ ।​

जहिल्यै सोच्छु, एउटा यस्तो सरकार आओस्, जसले हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याओस् । सरकारी स्कूलमा पढाउने शिक्षकलाई आफ्ना छोराछोरी त्यहीँ पढाउनुपर्ने बाध्यकारी व्यवस्था गरोस् । सरकारी कोषबाट सेवा सुविधा लिने हरेकका छोराछोरी सरकारीमै पढून्, जसले गर्दा सरकारी स्कूललाई गुणस्तरीय बनाउन तिनले ध्यान पुर्‍याउने थिए ।

राज्यले सरकारी स्कूलहरूलाई भौतिक सुविधासम्पन्न बनाओस् । सरकारी स्कूलमा नियमित अनुगमन होस् । अधिकांश अभिभावकले अंग्रेजी माध्यममा पढाउने चाहना राख्न थालेका छन्, सोही कारण सरकारी स्कूलमा पनि अंग्रेजी माध्यममा पढाउने व्यवस्था गरियोस् । ग्लोबलाइजेसनको युगमा मातृभाषा मात्र भनेर कहीँ पुगिन्न । हामी सानो छँदा हजुरबा/हजुरआमाले अंग्रेजीलाई 'गाईखाने विद्या' भन्नुहुन्थ्यो, अहिले त्यो गाईखाने विद्या कति अपरिहार्य भइसकेको छ, भनिराख्नै पर्दैन ।

सक्नेसँग थोरबहुत फी लिँदा पनि हुन्छ, नसक्नेका लागि सम्पूर्ण रूपमा निःशुल्क शिक्षा उपलब्ध होस् । त्यसका लागि शिक्षा र स्वास्थ्य दुवैमा खर्चने गरी आयकरको दायरा बढाउँदा हुन्छ । हरेकले दुःख गर्ने यही शिक्षा र स्वास्थ्यका लागि हो, त्यो कुरा राज्यले जिम्मा लिन्छ भने नागरिकहरूले हाँसीहाँसी बढेको आयकर तिर्नेछन् । शिक्षा र स्वास्थ्य सामाजिक सुरक्षाको एउटा हिस्सा होस् । अनि निजी स्कूललाई केही गर्नै पर्दैन, सरकारी स्कूल गुणस्तरीय हुँदा पनि कसैलाई निजीमा पढाउन मन लाग्छ भने पढाऊन् । 

गुणस्तरीय शिक्षाकै लागि निजी स्कूल खोज्नुपर्ने अवस्था नरहोस् । सबै सरकारी स्कूल उत्कृष्ट हुनुपर्‍यो । यो सम्भव पनि छ । त्यसका लागि बुटवल र काठमाडौंका केही नमूना सरकारी स्कूललाई उदाहरणका रूपमा लिन सकिन्छ ।

****

यति हुँदा शहरका सबै समस्या ‘छु मन्तर !’ हुन्छन् भन्न खोजेको हैन । समस्या त धूलोधुवाँ र प्रदूषणको पनि छ । लोडसेडिङ त अन्त्य भयो, तर अझै बिजुलीको बिल सस्तिएको छैन । प्राधिकरण महिनामै यति नाफामा गयो भनेर पढिरहेका छौं । बिजुलीको बिलमा थोरै सहुलियत दिने हो भने हरेक घरपरिवारले राहत महसुस गर्ने थिए । ग्यास छाडेर विद्युतीय चुल्होमा आकर्षित हुने थिए । 

सवारी साधनमा पनि विद्युतीयलाई प्राथमिकता दिन ढिला भइसकेको छ । भित्रिएका सवारी अचाक्ली महंगा छन् । राज्यले भन्सारमा अझै छूट दिएर विद्युतीय सवारी भित्र्याउन जोड दिने हो भने पेट्रोलमा बाहिरिने अर्बौं रकम देशमै रोकिने थियो ।

समस्या र सुधार गर्नुपर्ने ठाउँ त अरू पनि छन् । यो एलियनलाई एकपटक भेटेरै भन्न मन छ, तर फेरि त्यहाँ (बालुवाटार) सम्म पुग्ने बाटो पो थाहा छैन । जेहोस्, नवनियुक्त प्रधानमन्त्रीले यति पढिदिनुभयो भने पनि चित्त बुझ्ने छ । काम नै गरे त झनै राम्रो भइहाल्यो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस १५, २०७९

ब्राजिलका महान् फूटबलर पेलेको गएराति ८२ वर्षको उमेरमा निधन भएको छ । उनी र उनको परिवारप्रति हार्दिक श्रद्धा सुमन छ । पेलेजस्तो महान् खेलाडीको नाम राजनीतिमा घुसाउन त नहुने हो तर नेपाली राजनीतिका पेले भनेर पगर...

पुस ८, २०७९

नेपाली कांग्रेसले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गरेको छ र नतिजा पनि आइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा  पुनः निर्वाचित हुनुभएको छ । खुशीको कुरा के छ भने कांग्रेसको पहिलो पुस्ता र तेस्रो पुस्...

पुस ७, २०७९

ईन्जिनीयर विष्णु गौतम भर्खरै आमनिर्वाचन सकिएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्दै जाँदा देशकै महत्त्वपूर्ण २ सरकारी कार्यालयहरूले जनतालाई कसरी ठगिरहेका छन् र ठगिन बाध्य बनाइरहेका छन् भन्ने ध्यान कसैले नगर...

पुस १९, २०७९

विकास र सुशासन राजनीतिक जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यका विषय हुन् । विकासको चाहनाको परिपूर्ति र सुशासनको अभ्यास राजनीतिक दृष्टिकोण र तहबाट नै सम्पादन हुने गर्दछन् । राज्यका सबै क्रियाकलापहरूको व्यवस्थापनका...

पुस १४, २०७९

आजभोलि सरकारहरू नागरिक सेवा कसरी छिटोछरितो र स्तरीय बनाउने भन्ने तनावमा छन् । यसका लागि सेवाग्राही र सरकारभित्रैबाट पनि व्यापक दबाब छ । लोकतन्त्रको प्रियता, नागरिक चेतना र सूचना प्रविधिको निरन्तर विकासका क...

पुस १३, २०७९

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x