×

NMB BANK
NIC ASIA

प्रचण्डसँग चुनाव हारेका अब्दुसले भनेः गोरखाली जनताले गलत कदमको विरोध गर्ने जिम्मा मलाई दिएका छन्

पुस १७, २०७९

NTC
Premier Steels

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभामा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा पराजय भाेगेका एमाले नेता अब्दुस मियाँले गोरखाली जनताले प्रचण्डको हरेक गलत कदमको विरोध गर्ने जिम्मा आफूलाई दिएको बताएका छन् । 

Muktinath Bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका सन्दर्भमा असहमतिहरू राख्दै उनले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य नसकिँदै हतारमा उद्घाटन गरिएको, आवश्यक तयारी नगरी हचुवाको भरमा उद्घाटन गरिएको भन्दै असहमति राखेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले भनेका छन्, ‘म उत्सुक छु, आज उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा कुन देशबाट विमान आउँदैछ वा कुन देशमा विमान उडेर जान्छ ? सम्भवत, त्यसबारे कुनै तयारी भएकै छैन । उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् । यसो कर्मकाण्ड पुर्‍याउन एउटा लोकल जहाज ल्यान्ड गराउने अरे ।’ 


Advertisment
Nabil box
Kumari

प्रचण्ड उनकै पार्टी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । 

Vianet communication

हेर्नुहोस् अब्दुसको सन्देश 

आज पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन हुँदैछ । प्रधानमन्त्रीज्यूले सो विमानस्थलको उद्घाटन गर्दै हुनुहुन्छ । 

म उत्सुक छु, आज उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा कुन देशबाट विमान आउँदैछ वा कुन देशमा विमान उडेर जान्छ ? सम्भवत, त्यसबारे कुनै तयारी भएकै छैन । उत्ताउला प्रधानमन्त्री काम कुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् । यसो कर्मकाण्ड पुर्याउन एउटा लोकल जहाज ल्यान्ड गराउने अरे । 

अर्को अचम्म, एउटा सामान्य विमानस्थल उद्घाटन हुँदा आज पोखरामा सार्वजनिक विदा दिइएको छ । यो विदाको औचित्य के हो, मैले चाहिँ बुझ्न सकिन । 

यतिखेर विभिन्न विध्यालय तथा क्याम्पसमा परीक्षा चलिरहेको छ । हठात् ‘राजाको उर्दी’ शैलीमा सार्वजनिक विदा घोषणा हुँदा विध्यार्थी तथा अभिभावकले जुन किसिमको अन्योलपूर्ण वातावरण भोग्नुपरेको छ, त्यसबारे प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकारले खासै वास्ता गरेजस्तो देखिन्न । 

नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्ने रहर थिएन । तर, प्रधानमन्त्रीका हरेक गलत कदमविरुद्ध आवाज उठाउने जिम्मेवारी मलाई गोरखाली जनताले दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x