×

NMB BANK
NIC ASIA

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा बन्यो सडक

पुस १८, २०७९

NTC
Premier Steels
Marvel

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । 

Muktinath Bank

एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । 
बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णताः दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिए । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष बढी समय लागेको थियो । यस आयोजनाले बेँसीबाट लेकगाउँसम्मको पँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो । सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा समेत सहज भएको स्थानीयवासी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । यस आयोजनाले स्थानीयवासीलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए । सडक निर्माण, स्तरोन्नति, पाइप लाइनको पूर्वाधार निर्माणलगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको इन्जिनियर भट्टराईले बताए । 

Vianet communication
Laxmi Bank

आयोजनाले स्थानीयका जिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्नेलगायतका कार्यसमेत गरेको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको छ । हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो । 

विसं २०७३ देखि नारच्याङको बँेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण कार्यलाई सुरु गरेको थियो । अहिलेसम्म करिब पचास प्रतिशत भौतिक प्रगति सम्पन्न भएको र आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर भट्टराईले जानकारी दिए । 

“आयोजनाको बाँधस्थल, पाइपलाइन र विद्युत्गृहतर्फको काम तीव्ररुपमा अघि बढेको छ, दैनिकरुपमा एक सय ३० जना बढी मजदुरसँगै आवश्यक मेसिन उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकूलताका बीच पनि निर्माण कार्यलाई तीव्रता दिएका छौँ”, उनले भने ।  कालोखोलामा बाँध रहेको यस आयोजनाको तीन हजार छ सय मिटर लामो पाइपलाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा पाँच सय पाँच मिटर हेडबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ । 

यस आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रोमेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्नको लागि पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए ।  

उनका अनुसार लेकगाउँदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माणसमेत थालिएको छ । अहिले बाँधस्थलमा इन्टेक, डिसेन्डर र हेडबक्र्सको काम जारी छ । यस आयोजना निर्माणमा प्रतिमेगावाट रु २० करोड लागत अनुमान गरिएको छ । हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ । 

यस आयोजनाबाट उत्पादन हुने विद्युत्लाई चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि पाँच मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । विद्युत् उत्पादनका लागि दर्जन बढी आयोजना दर्ता भएको यस वडामा नीलगिरि हाइड्रो पावरले निर्माण गर्न लागेको एक सय १० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड गरी दुई वटा आयोजनामा समेत निर्माण कार्यले तीव्रता पाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x