×

NMB BANK
NIC ASIA

गुरुकुल शिक्षाले मानिसलाई स्वअनुशासित बनाउँछ : कोइराला

पुस १८, २०७९

NTC
Premier Steels

 नेपाली कांग्रेसका  नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र विद्यार्थी सँगै बसेर पाठ्यक्रम बिना नै विद्यार्थीहरुले सिक्दै जाने उल्लेख गरे । 

Muktinath Bank

“गुरुकुल शिक्षाको महत्व बेग्लै छ । गुरुकुल शिक्षामा विद्यार्थी र शिक्षक सँगै बसेर पाठ्यक्रम बिना नै सिक्दै जान्छन् । त्यति मात्रै होइन उनीहरु स्वअनुशासितसमेत हुन्छ,” प्रतिनिधिसभाका सांसदसमेत रहका नेता कोइरालाले भने, “गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवनमा प्रवेश गरेपछि कसरी गृहस्थ जीवन चलाउने भनेर ज्ञानसमेत दिन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व राज्यले अझै बुभ्mन नसकेको बताए । नेपाली भाषाको पनि मातृ भाषाका रुपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्वका साथ राज्यले हेरिनुपर्नेमा कोइरालाले जोड दिए । संस्कृत भाषा र यसका ध्वनिका विषयमा बैज्ञानिकहरुले समेत खोज गरिरहेकाले यसको औचित्यसमेत पुष्टि हुँदै गएको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएको र यसका विषयमा प्रदेशसभामा आवाज उठाउने बताए । पराजुलीले संस्कृत भाषालाई माध्यमिक तहसम्म पढाइहुनुपर्ने जोड दिए ।

Vianet communication

कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको बताए । उनले नेपालमा रहेको एउटा मात्रै संस्कृत विश्वविद्यालयलाई चलायमान बनाउन नसकिएको समेत उल्लेख गरे । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा. गुरुप्रसाद सुवेदी, डा. बासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । संस्कृत भाषा सम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पिठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x