×

NIC ASIA

जसपाद्वारा पार्टी एकताका लागि ३ सदस्यीय वार्ता समिति गठन

पुस १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले  विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंगलबार बसेको राजनीतिक समितिको बैठकले वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यहरुमा  रकम चेम्जोङ र गोविन्द चौधरी छन् । 

Muktinath Bank

पार्टीका मूल सिद्धान्तहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्यूनतम् साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा र पार्टीका माग तथा मुद्दा सम्बोधन हुने देखिए सरकारमा सहभागी हुन सकिने बैठकले निष्कर्ष निकालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति तथा संगठनहरुलाई क्रियाशील बनाउन आवश्यकता अनुसार विघटन, गठन/पुनर्गठन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

यस्तै निर्वाचनमा घात अन्तरघात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरूमाथि जाँचबुझ र छानवीन गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति पनि गठन भएको छ । समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेको बस्नेतले जानकारी दिए । 

Vianet communication

यसैगरी. पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन् । 

बैठकले आगामी चैत्रसम्ममा पार्टीको विधान अधिवेशन गर्ने र जेठसम्ममा पार्टीको महाधिवेशन गर्ने बैठकमा मोटामोटी सहमति गरेको बस्नेतले जानकारी दिए ।  बैठकमा अध्यक्षको मौखिक प्रतिवेदनमा ४७ जना नेताहरुले आफ्ना धारणा राखेका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x