×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

राप्रपा मुलुकमा अस्थिरताको कारक बन्दैन– राजेन्द्र लिङ्देन

पुस २५, २०७९

NTC
Premier Steels

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा अस्थिरताको कारक नबन्ने बताएका बताएका छन् । 

Muktinath Bank

संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यसपटकको संसदको विम्ब दलहरूलाई मिलेर जाने रहेको भन्दै विचारभन्दा माथि उठेर काम गर्दा आफ्नो दल मुलुकमा अस्थिरताको लागि कारक नबन्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो संसदमा यस्तो विम्ब देखिएको छ कि जनताले कुनै एक दललाई विश्वास गर्न सकेनन्,’ लिङ्देनले भने, ‘कुनै दल र विचारलाई निषेध गर्न सक्दैनौं, सबै मिलेर मात्रै अगाडि जाऊ र जनताको काम गर भन्ने मत छ ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘देशको सबै क्षेत्र ओरालो लागेको छ । अर्थतन्त्रको अवस्था भनिरहन पर्दैन । बेरोजगारी र ठप्प विकास निर्माणले यस्तै भन्छ । राप्रपा संसदमा यही जनादेशबमोजिम राष्ट्रियता, एकता, सुशासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिनेछ । राप्रपा मुलुकमा अस्थिरताको कारक बन्ने छैन ।’ 

Vianet communication

आफूहरू कसैलाई निषेध गरेर जाने पक्षमा नभएको भन्दै उनले मिलेर अगाडि बढ्ने बताए ।

‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हाम्रो विचारभन्दा माथि छ देश, देशभन्दा माथि केही छैन,’ उनले भने, ‘चुनावको जनादेश पनि यही छ । देशलाई शीरमा राखेर देशका समस्या सामूहिक रूपमा समाधान गर्न अग्रसर हुन सकौं ।’

उमेर पुगेको भोलिपल्ट युवाले राहदानी बनाएर आमा र बाउको काख छाडेर पेट पाल्न विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, कृषकले मल पाउने व्यवस्था गर्नुपर्ने र रोकिएका विकासका कामलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । 

अघिल्लो कार्यकालमा यो संसद् भवन छाड्ने बेला अलि धेरै साथीहरू लिएर आउँछु भनेको स्मरण गर्दै उनले जनताको भावनालाई प्रतिनिधित्व गर्न सक्ने गरी आफ्नो दल संसदमा आएको प्रस्ट्याए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x