×

NMB BANK
NIC ASIA

प्रदेश सरकार

प्रदेश सरकारको चित्र– धमाधम मुख्यमन्त्री नियुक्त, कांग्रेस सबैतिर प्रतिपक्षमा

पुस २५, २०७९

NTC
तस्वीरमा बायाँबाट क्रमश: प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी
Premier Steels

केन्द्रपछि प्रदेशमा धमाधम नयाँ सरकार गठन हुन थालेका छन् । प्रदेश १, बाग्मती र गण्डकीमा नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

Muktinath Bank

प्रदेश १ मा एमालेका हिक्मत कार्की, गण्डकीमा एमालेकै खगराज अधिकारी र बाग्मतीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९३ सदस्यीय १ नम्बर प्रदेशमा ६० सांसदसहित मुख्यमन्त्रीमा कार्कीले आइतबार दाबी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्कीलाई ४० सीटको एमाले, १३ सीटको माओवादी, ६ सीटको राप्रपा र १ सीट भएको जसपाले साथ दिएका छन् । २९ सीटको कांग्रेस र ४ सीटको नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

Vianet communication

तर, आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै माओवादीले प्रदेश १ को सरकारमा सहभागिता जनाएको छैन । केन्द्रबाट भएको सहमतिमा असन्तुष्टि जनाउँदै माओवादी सरकारमा सहभागी नभएको हो ।

बाग्मतीमा मुख्यमन्त्री नियुक्त हुने क्रममा माओवादीका जम्कट्टेलले ७० सांसदको समर्थन पाएका छन् ।

एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले उनलाई समर्थन दिएका छन् ।

गण्डकीमा एमालेका अधिकारीलाई आफ्नै पार्टीका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ गरी ३३ सांसदले समर्थन गरेका छन् ।

 यस्तो छ गठबन्धनबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भएको सहमति 

१ नम्बर प्रदेशमा केन्द्रीय गठबन्धनकै निरन्तरता स्वरूप सत्ता समीकरण बनेपछि बाँकी प्रदेशमा पनि त्यस्तै स्वरूपको सरकारमा सहमति भएको छ । 

सत्ता गठबन्धनले ७ वटै प्रदेश सरकार, सभामुख, उपसभामुखसहितमा सहमति गरेको छ । यसैले कांग्रेस सबैभन्दा ठूलो दल रहेको बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मात्रै होइन, लुम्बिनी र मधेशमा पनि कांग्रेस प्रतिपक्षमा रहने पक्का भएको छ । 

१ नम्बर प्रदेशमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् । सभामुख माओवादी र उपसभामुख एमालेले पाएका छन् ।

२ नम्बर प्रदेशमा आलोपालोमा पहिले जसपा र त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री पाउने भएका छन् । अहिले मधेश प्रदेशमा एमालेले सभामुख पाउँदा उपसभामुख जनमतको भागमा परेको छ ।

पहिलो पालोमा जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।

सत्ता गठबन्धनको सहमतिअनुसार बागमतीमा आलोपालोमा पहिले माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री बनेका छन् । शालिकरामपछि मुख्यमन्त्री एमालेले लिनेछ । बागमतीमा अहिले सभामुख राप्रपा र उपसभामुख एमालेले लिँदैछन् ।

गण्डकीमा एमालेका खगराज अधिकारी पाँचै वर्ष मुख्यमन्त्री बन्नेछन् । सभामुख माओवादी र उपसभामुख एमालेले पाएका छन् । 

लुम्बिनी प्रदेशमा पनि एमालेका लीला गिरी पाँचै वर्ष मुख्यमन्त्री बन्नेछन् । यहाँ सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने सहमति भएको छ । 

कर्णालीमा माओवादीका राजकुमार शर्माले पाँचै वर्ष मुख्यमन्त्री चलाउनेछन् । एमालेले सभामुख र माओवादीले उपसभामुख पाउनेछन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्नेछन् । उनीपछि माओवादीका खगराज भट्टले मुख्यमन्त्री पाउनेछ ।

अहिले सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेका छन् । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइको माग गर्दै तत्काल सत्ताको भागबण्डामा सहभागी नहुने बताएको छ ।

७ वटै प्रदेशमा कांग्रेस प्रतिपक्षी बन्ने पक्का

सत्तारुढ गठबन्धनले प्रदेश सरकारमा पनि सहमति जुटाएपछि गण्डकीमा ४ सीट, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ सीट मात्रै अपुग रहेको कांग्रेस सत्ताविहीन बन्ने पक्का भएको छ ।

पहिलो दल भए पनि बागमतीमा कांग्रेस १९ सीटले बहुमतबाट टाढा देखिन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुअघि नै सत्ता गठबन्धनलाई बहुमत पुग्न नदिने गरी कांग्रेसले केही अग्रसरता लिन खोजेको थियो । 

प्रधानमन्त्रीमा साना दलका नेतालाई प्रस्ताव गरेर प्रदेशमा आफू बलियो रहेको ठाउँमा साना दललाई अघि सार्नेबारे कांग्रेसमा छलफल पनि भएको थियो तर पार्टीपंक्तिबाटै यसको विरोध हुन थालेपछि कांग्रेस प्रदेशमा आफू अनुकूल हुने ठाउँमा पनि सत्ता समीकरणमा लाग्ने खेलबाट बाहिरएको थियो ।

संस्थापनइतर पक्षका नेता तथा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसले प्रतिपक्षमै रहेर प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव सभापतिलाई दिएका थिए । यसैले तत्काल सत्ता समीकरणको खेलमा नलाग्ने मनस्थितिमा कांग्रेस पुगेको छ । 

केन्द्रमा ८९ सीटसहित पहिलो दल र ४ प्रदेशमा पहिलो दल हुँदै सत्ताको मुखैमा रहे पनि नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस सत्ताबाट बिमुख भएको थियो ।

यस्तो छ सरकार बन्न बाँकी प्रदेशको गणित

मधेश

१०७ सदस्यीय मधेशमा सत्ता गठबन्धन ६० सीटका साथ प्रस्ट बहुमतमा छ । गठबन्धनबाहिर यहाँ कंग्रेसका २२, लोसपाका ९, एकीकृत समाजवादीका ७ र स्वतन्त्रका ६ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ सीट छन् ।

लुम्बिनी

लुम्बिनीको ८७ सदस्यीय प्रदेश सभामा पनि केन्द्रकै सत्तारुढ गठबन्धन सहज बहुमतमा देखिन्छ । 

बहुमतका लागि ४४ सांसद आवश्यक पर्नेमा सत्तारुढसँग एमालेका २९, माओवादीसँग ९, नागरिक उन्मुक्ति र राप्रपासँग ४/४, जसपा र जनमतसँग ३/३ सदस्य छन् । यो भनेको स्वतन्त्रका ३ बाहेककै ५१ सांसदको संख्या हो ।

सत्तारुढबाहेक कांग्रेस २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् । विपक्षीसँग ३२ हाराहारीमा सांसद मात्रै हुने देखिन्छ । 

कर्णाली

कर्णालीको ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सांसदको आवश्यकता पर्छ । 

सत्तारुढ दलसँग कर्णालीमा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सीट छन् । 

कर्णालीमा पनि केन्द्रकै शैलीमा सत्तारुढ दल दाबी हुँदा कांग्रेस प्रतिपक्षमा पुग्ने पक्का छ । कर्णालीमा कांग्रेसका १४, नेकपा एस र स्वतन्त्रका १/१ सांसद छन् । 

सुदूरपश्चिम

सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद भए पुग्छ । 

यहाँ सत्तारुढ दलसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसद छन् । विपक्षमा कांग्रेसका १९, नेकपा एसका ४ सांसद देखिन्छन् । १ सांसद स्वतन्त्रबाट निर्वाचित छन् । 

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि उन्मुक्तिले संसदमा विपक्षी बेञ्चमा बस्ने जनाएको छ । 

प्रदेश सभामा ७ सीट रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा निर्णायक देखिएको छ । उन्मुक्तिले सरकार गठनमा असन्तुष्टि देखाए सुदूरपश्चिम सरकार गठन पेचिलो बन्न सक्नेछ ।

सत्तारुढ वा विपक्षी कांग्रेस जुनसुकैलाई उन्मुक्ति पार्टीले समर्थन दिए पनि सरकार बन्न सक्नेछ । 

कांग्रेसका १९, उन्मुक्तिका ७ र नेकपा एसका ४ सीट मिले सुदूरपश्चिममा केन्द्रीय सत्ताविरोधी गठबन्धनमा बहुमत पुग्नेछ ।

उन्मुक्तिलाई कांग्रेसले मुख्यमन्त्री बन्न दिए उसले केन्द्रको समीकरणलाई सुदूरपश्चिममा निरन्तरता नदिन पनि सक्नेछ । 

रेशम चौधरीको रिहाइलाई उन्मुक्तिले मुख्य मुद्दा बनाएको छ । उन्मुक्ति पार्टी सत्तारुढ दलसँगै रहे सुदूरपश्चिममा पनि कांग्रेस विपक्षमा रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x