कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचन आचारसंहिताका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।
आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू सार्वजनिक गर्दै उनले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण छोटो समयमा थोरै तर केही महत्त्वपूर्ण कामको शुरूआत गरेको बताए ।
शाही २०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ‘संयोगवश मुख्यमन्त्री हुने वित्तिकै स्थानीय तहको निर्वाचन शुरू भयो, पछि प्रदेश र प्रतिनिधिसभा निर्वाचन भयो, १२० दिनजति त निर्वाचन आचारसंहिताले काम गर्न दिएन,’ मुख्यमन्त्री कार्यालयमा मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै उनले भने, ‘छोटो समयमा मेरो नेतृत्वमा देखिने गरेर केही परिवर्तनहरू भएका छन् ।’ मुख्यमन्त्री शाहीले स्थानीय तह र प्रदेशबीच सम्बन्ध बढाउनुका साथै प्रतिपक्षी दलसँग सम्बन्ध सुधार गरी संसद सञ्चालन गरेको, स्वास्थ्य र शिक्षा क्षेत्र सुधारमा केन्द्रित भएको जनाए । उनले प्रदेशको विकास र समृद्धिको आधारको रूपमा ६ ‘ब’ वन, बाटो, बजार, बिजुली, विचार र व्यवस्थापनलाई प्रदेश सरकारको प्राथमिकतामा पारेको बताउँदै भने, ‘यसलाई नीति, योजना र कार्यक्रममा इमान्दारितापूर्वक अघि बढाएको छु ।’
केही ठूला पूर्वाधार र केही साना तर सुशासनका दृष्टिले अति महत्त्वपूर्ण कामहरू व्यवस्थित गरिएको उनको दाबी छ । देशको ठूलो खेलकुद प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदलाई कर्णालीमा आयोजना गर्नका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको मुख्यमन्त्री शाहीको भनाई छ ।
‘प्रदेश गौरवको आयोजनाका रूपमा रंगशाला निर्माण भइरहेको छ, रंगशाला शिलान्यासदेखि ३४ पटकसम्म स्वयं स्थलगत अनुगमनमा गएको छु,’ उनले भने, ‘नेपालमै पहिलोपटक भलिबलको कभर्डहल निर्माण भइरहेको छ, प्रदेश रंगशालाको भौतिक पूर्वाधारको ३३ प्रतिशत काम सम्पन्न भएको छ ।’
मुख्यमन्त्री शाहीका अनुसार प्रदेश सरकारको प्रभावकारी काम कारबाहीका लागि निजामती सेवा सम्बन्धी विधेयक लगायत १२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरिएका छन् । विशेष कार्यक्रमको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विषयगत मन्त्रालयमा एकमुष्ट रकम विनियोजन गर्ने परिपाटीलाई चालू आर्थिक वर्षमा अन्त्य गरी त्यस्ता कार्यक्रमहरू विषयगत मन्त्रालय तथा सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, बालरोग व्यवस्थापन, महामारी रोग नियन्त्रण एवं उपचारात्मक सेवाका सूचकहरूमा सुधार भएको छ । पूर्ण खोप कभरेज ७४ प्रतिशतबाट ९० प्रतिशत पुगेको छ । ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या ६२ प्रतिशतबाट बढेर ७५ प्रतिशत पुगेको मुख्यमन्त्रीद्वारा सार्वजनिक प्रगति विवरणमा उल्लेख छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...