×

NMB BANK
NIC ASIA

कर्णालीमा माओवादीलाई समर्थन गर्न एमालेले राख्यो मुख्यमन्त्रीमा आलोपालोको शर्त

पुस २७, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

Muktinath Bank

एमाले सांसदहरूले सत्ता साझेदारीका विषयमा माओवादी केन्द्रसँग टुंगोमा पुग्दा कम्तीमा सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने अडान राख्न नेतृत्वलाई सुझाव दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता साझेदार दलहरूको आइतवारको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने निर्णय गरेको थियो । एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले मंगलवार बसेको संसदीय दलको बैठकमा सबै सांसदहरूले प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्त राख्नुपर्ने धारणा राखेको बताए ।


Advertisment
Nabil box
Kumari

‘पाँचै वर्ष माओवादी केन्द्रलाई नेतृत्व सुम्पेर पार्टी केन्द्रले अन्याय गर्‍यो भन्ने सबै सांसदहरूको भनाई थियो,’ उनले भने, ‘सबै सांसदहरूले समसामयिक परिस्थिति र पार्टीको भूमिकाबारे धारणा राख्ने काम भयो ।’ 

Vianet communication

प्रदेशसभा सदस्य समेत रहेका अध्यक्ष शाहले संसदीय दलको बैठकले सत्ता साझेदार दलसँग वार्ता गर्ने अधिकार दलका नेता यामलाल कँडेललाई दिने निर्णय गरेको जानकारी दिए । कुन–कुन मन्त्रालयमा दाबी गर्ने, सरकारको नेतृत्वमा आलोपालोको माग राख्ने लगायतका विषयमा दल नेताले नै संवाद गर्ने गरी बैठकले जिम्मेवारी दिएको उनको भनाई छ । संसदीय दलको बैठकमा सहभागी एमाले कर्णाली प्रदेशका सहइन्चार्ज एवं पोलिट्ब्युरो सदस्य गुलाबजंग शाहले कम्तीमा प्रदेश सरकारको नेतृत्वमा आलोपालोको व्यवस्था हुनुपर्ने अडान रहने बताए । ‘यस विषयमा पार्टी केन्द्रसमक्ष कुरा राखेका छौं,’ उनले भने ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले सत्ता साझेदारीका विषयमा एमालेसँग औपचारिक बैठक नभएको बताए । ‘आज ११ बजे २ दलका नेताहरू बस्ने कुरा छ, उहाँहरूको कुरा अनौपचारिक रूपले हामीले सुनिसकेका छौं, औपचारिक रूपले आज कुराकानी होला,’ उनले भने, ‘प्रदेश सरकारको नेतृत्वको विषयमा केन्द्रमा गठबन्धनले गरेको निर्णय भएकाले हाम्रो जिम्मामा छैन, केन्द्रीय गठबन्धनले टुंग्याउने विषय हो ।’

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधवार साँझ ५ बजेसम्मको समय तोकेका छन् । माओवादी केन्द्रका नेताहरूले एमालेसँग संवाद गरेर निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताएका छन् ।

कांग्रेससँग साझेदारीको विषय बेकारको हल्ला : अध्यक्ष शाह

एमाले प्रदेश अध्यक्ष शाहले एमालेले नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने कुनै सम्भावना नभएको र अनावश्यक हल्ला फैलाइएको बताएका छन् । ‘संसदीय दलको बैठकमा बोल्ने सबै सांसद र नेताहरूले केन्द्रमा बनेको वर्तमान सत्ता समीकरणको स्वागत गर्नुभयो, सत्ता समीकरण जोगाएर जानेमा सबै एकमत भएको अवस्था छ,’ उनले भने, ‘सरकारको नेतृत्व नपाउँदैमा कांगे्रससँग समीकरण बनाउने वा केन्द्रको निर्णयको अवज्ञा गर्ने कुरा सोच्न सकिँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x