माघ ११, २०७९
राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ। ...
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १५ औं वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ ।
राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यस्तै साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको १५ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दूरसञ्चार क्षेत्रमा विद्यमान तीव्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरेको उनले बताए ।
अध्यक्षले भने , 'आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल रु ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी रु ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा रु १ अर्ब ३५ करोडले बढी हो । यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् रु २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ ।
कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।'
प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले उल्लेख गरे ।
अझै पनि कम्पनीबाट उपलब्ध टुजी प्रविधिको उपयोग गर्ने ग्राहकको संख्या उल्लेख्य रहेकाले यसको गुणस्तर सुधारसहित विस्तार गर्नुका साथै बहूसंख्यक ग्राहकले प्रयोग गर्ने फोरजी सेवाको स्तर वृद्धि गरी सेवा विस्तारलाई निरन्तरता दिइएको उनले बत्छये । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए ।
कम्पनी सञ्चालक समितिका अध्यक्षले भने, 'दूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचनामा सुधार गर्न नीति नियमलाई थप व्यावहारिक र समयसापेक्ष बनाउँदै कम्पनीलाई परिवर्तनमुखी तथा गतिशील संगठनको रुपमा अघि बढाउने एवं कम्पनीको पुनसंरचना गर्नेतर्फ विशेष ध्यान दिइएको छ । कम्पनीमा सञ्चित रकमलाई उच्च प्रतिफल प्राप्त हुने र जोखिम न्यून गर्नेगरी विविध क्षेत्रमा लगानी गर्ने नीतिअनुरुप अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीका क्षेत्र पहिचान गर्न शुरु गरिएको छ ।'
कम्पनीको लगानी नीतिअनुरुप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुसाशन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने प्रतिबद्धता पनि सभासामु अध्यक्ष अर्यालले व्यक्त गरे ।
विश्वभर नै भ्वाइस सेवाको माग दिनानुदिन घट्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागतप्रभावी बनाउन विशेष जोड दिइने, भ्वाइस सेवामा सुधार गर्दै साझेदार संस्थाहरुसँगको सहकार्य समेतमा भ्यालु एडेड सर्भिसहरु र कन्टेन्ट वेस्ड सेवाहरुको विस्तार गर्ने कार्यमा कर्मचारी, नियामक निकाय तथा शेयरधनी महानुभावहरुबाट सदाझै पूर्ण सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।
कम्पनीका चालु तथा नयाँ आयोजनाहरुअन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र व्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरु बारेमा समेत उनले जानकारी प्रदान गरेका थिए। कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको नीतिगत र व्यावहारिक रुपले सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझावहरुप्रति आभार व्यक्त गरेका छन्।
१५ औं साधारण सभाले पारित गरेबमोजिम लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ। ...
मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् । दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेड...
हिजो फोनकलमा आएको खराबीप्रति नेपाल टेलिकमले क्षमा मागेको छ। हिजो करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको...
बागलुङको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्य...
नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापत लिने भाडामा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था (आइस्पान)ले विरोध गरेको छ । आइस्पानले सोमवार पत्रकार सम्मेलन आयोजना गरेरै इन्टरनेटको ...
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एम...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...