×

NMB BANK
NIC ASIA

अदालत

पाँच सर्तसहित सन्दीप लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठसहित]

पुस २८, २०७९

NTC
Premier Steels

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई विभिन्न ५ सर्तसहित रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो । 

Muktinath Bank

न्यायिक कारबाहीमा प्रतिवादीको उपस्थिति प्रभावकारी बनाउने प्रयोजनका लागि न्याय प्रशासनसम्बन्धी अदालतको अन्तरनिहीन अधिकार प्रयोग गरी सर्त सहितको आदेश जारी गरिएको अदालतले जनाएको छ । यस्तै आदेशमा अभियुक्तलाई स्थानको बन्देजदेखि विद्युतीय माध्यमबाट संकेत र निगरानी गराउन सकिने मान्यता र अभ्यासको परिप्रेक्ष्यमा मुद्दाको संवेदनशीलतालाई दृष्टिगत गर्दै न्यायिक कारबाहीलाई शीघ्र टुंगोमा पुर्याउने पनि उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आदेशमा लामिछानेले  काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्ने उल्लेख छ । ‘कुनै काम विशेषका कारण प्रतिवादीले काठमाडौं उपत्यका छोड्नुपर्दा छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनुपर्नेछ । सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्फने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनुपर्नेछ’, अदालतको आदेशमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी लामिछानेलाई मुद्दाको फैसला नहुँदासम्म विदेश जान रोक लगाइएको छ भने विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन तथा सार्वजनिक गर्न पाइनेछैन । यस्तै पीडित पक्षसँग सम्पर्क वा भेटघाटमा रोक लगाइएको छ भने आदेशहरूको प्रभावकारी पालनाका लागि मोबाइलमा पहुँच राखी प्रहरीले उपयक्त व्यवस्था मिलाउन सक्ने उल्लेख छ ।

Vianet communication

 पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x