पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
पुस २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी नेपाली कांग्रेसको समेत विश्वासको मत पाएपछि राष्ट्रपति निर्वाचनमा दलहरूको समीकरण कस्तो होला भन्नेमा चासो देखिएको छ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदको निर्वाचक मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रति सांसदको मतभार ७९ हुन्छ । प्रदेशसभाका सांसदको मतभार प्रति सांसद ४८ हुन्छ । यी सबैको मतभारको बहुमत अंक ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ ।
यद्यपि जनसंख्याको नयाँ डाटा अनुसार मतभार परिवर्तन पनि हुनसक्छ । त्यसका लागि सरकारले आधिकारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । तर, अहिलेसम्म पुरानै मतभार कायम छ ।
प्रतिनधिसभामा २७५, राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदको मतभार २६३८६ हुन्छ । यसमा राष्ट्रिय सभाका एक सांसदको पद रिक्त छ भने प्रतिनिधिसभाका एक सांसद निलम्बित छन् । यसैले ३३२ सांसदको मतभार २६२२८ हुनेछ ।
प्रदेशसभाका प्रत्यक्षका ३३० र समानुपातिकका २२० गरी ५५० सांसदको मतभार २६४०० हुन्छ । यसरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको २६२२८ र प्रदेशसभाको २६४०० गरी ५२६२८ कुल मतभार हुन्छ । यही मतभारबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । यो कूल मतभाररको बहुमत अर्थात २६३१४ मत कटाउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनेछन् ।
समीकरणले फरक पार्नेछ राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव
१० पुसमा प्रधानमन्त्री चयन हुँदा ७९ सीटको एमाले, ३२ सीटको माओवादी, २० सीटको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सीटको राप्रपा, १२ सीटको जसपा, ६ सीटको जनमत र ४ सीट भएको नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको थियो । यिनै दलको समझदारी अनुसार ५ माघमा हुने सभामुखको चुनाव प्रभावित हुने देखिँदैन । सभामुख एमालेले लिने गरी चुनावी प्रक्रिया अगाडि बढ्नेछ । तर कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि फागुनको अन्तिमसम्म गरिसक्नुपर्ने राष्ट्रपतिको चुनावको समीकरण भने रोचक हुन सक्ने देखिएको छ ।
यी सत्तारुढ दल भए पनि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा नेपकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक कांग्रेसहितका सबै दलले विश्वासको मत दिएपछि राष्ट्रपतिको चुनाव रोचक हुने देखिएको हो ।
अन्तिम अवस्थासम्म पनि पुरानो सत्ता गठबन्ध्न जोगाउन नसकेपछि ८८ (एक निलम्बितबाहेक) सीट भएको कांग्रेसले पनि विश्वासको मत दिनुले राष्ट्रपति चुनावमा उसले पनि माओवादीको समर्थन खोजेको प्रस्टै हुन्छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूले विश्वासको मत दिँदा कुनै शर्त नराखेको दाबी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्म आइपुग्दाको समीकरण भने फेरिन सक्छ कि भन्नेसम्मको चर्चा शुरू हुन थालेको छ ।
यस्तो छ दलहरूको मतभार
अहिले ठूला दलका रुपमा कांग्रेस र नेकपा एकीकृत समाजवादी मात्रै विपक्षी जस्तो देखिएका छन् । यस्तोमा राष्ट्रपतिको चुनावमा १५२३३ भएको एमाले, ७६९७ मतभार भएको माओवादी, २४५० मतभार भएको राप्रपा, १९२२ मतभार भएको जसपा, १५८० मतभार भएको राष्ट्रिय स्वतन्त्र पार्टी, १२४२ मतभार भएको जनमत र ८६१ मतभार भएको नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिँदा सत्ता गठबन्धनले सहजै बहुमत पुर्याउने देखिन्छ । यी दलहरूको कुल मतभार ३०९८५ पुग्न देखिन्छ ।
यो भनेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि निर्वाचक मण्डलबाट ल्याउनुपर्ने २६३०० मतभन्दा पनि ५ हजारले बढी हो । यसैले यो गठबन्धन कायम हुँदा कांग्रेस र नेकपा एकीकृत समाजवादीले चाहेर पनि राष्ट्रपतिको चुनावलाई आफू अनुकूल बदल्न सक्दैनन्, किनकी कांग्रेससँग १६१४२ र नेकपा एससँग २५७४ र लोसपासँग ८२७ मतमात्रै छ । यो भनेको २० हजार पनि नपुग्ने मत हो । बहुमतका लागि अझै ६ हजार बढी मत बटुल्नेपर्ने हुन्छ । यसका लागि माओवादी, राप्रपा र रास्वपाबाहेकका सबै दल र स्वतन्त्रको मत तान्नुपर्ने हुन्छ ।
कांग्रेस र माओवादी र नेकपा एस मिले बहुमत पुग्ने
एमालेसँगको सम्बन्ध बिग्रेर माओवादी र कांग्रेसमात्रै मिल्दा पनि बहुमत पुग्दैन । यी दुई दल मिल्दा २३८३९ मतमात्रै पुग्छ । यस्तोमा २५७४ मत भएको नेकपा एस मिसिए आवश्यक बहुमत पुग्ने देखिन्छ । तर यो समीकरण बन्नुअघि अहिलेका सत्ता गठबन्धनले केन्द्रमा प्रधानमन्त्री, सभामुख, उपसभामुखको भागबण्डा गरिसकेका हुनेछन् । सातवटै प्रदेशमा मुख्यमन्त्री, सभमुख र उपसभामुखको भागबन्डा भइसकेको छ ।
कांग्रेसले विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धनलाई टिकाउन र कांग्रेसलाई छिर्न नदिन सबैभन्दा बढी सक्रियता देखाउनेछन् । किनकी सभामुखपछि राष्ट्रपति आफ्नो कित्तामा नपार्दासम्म ओलीले प्रचण्डसँगको सम्बन्धलाई टिकाउन सबै प्रयत्न लगाउनेछन् । जुन उनीहरूका पछिल्ला नियमित भेटघाटले पनि पुष्टि गर्छन् । राजनीतिमा कुनै उथलपुथलकारी घटनाक्रमविना सहजै प्रचण्ड कांग्रेसको कित्तामा पुगिहाल्न सहज छैन । ओलीसँग यतिखेर २० सीटको स्वतन्त्र र १४ सीटको राप्रपा एकदमै निकट छन् । यसैले एमाले, माओवादी, रास्वपा र राप्रपा एक ठाउँमा उभिँदा मात्रै पनि २७ हजार मत पुर्याउनेछन् । यी चारदलबीच ठूलो मतभेद आएर गठबन्धन नभत्किँदासम्म कांग्रेसले राष्ट्रपति पाउने सम्भावना कम देखिन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी १६ जना स्वतन्त्र सांसदको मतभार १ हजार आसपास छ । यी स्वतन्त्र सांसद पनि प्रायः कुनै न कुनै दलसँग निकटका छन् । यिनीहरूले पनि नतिजालाई तलमाथि पार्न सक्नेछन् ।
एमाले, माओवादी, राप्रपा र रास्वपा मिलुञ्जेल कांग्रेसलाई कठिन
१५२३३ मतभार भएको एमाले, ७६९७ मतभार भएको माओवादी, २४५० मतभार भएको राप्रपा र १५८० मतभार भएको राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा लागि चाहिने आवश्यक बहुमत सहजै पुग्ने देखिन्छ । यस्तोमा कांग्रेसले यी चारबाहेकका सबै दललाई बटुल्दा पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने छैन ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पहिलो दलको रूपमा माओवादीले एमाले, फोरमसहितका दललाई मिलाएर सरकार गठन गरेको थियो । तर राष्ट्रपति निर्वाचनमा माओवादी उम्मेदवारलाई हराउन कांग्रेस र एमाले एक ठाउँमा उभिएका थिए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले पनि राष्ट्रपतिको चुनाव हेरेर नै कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
‘हामीले अहिले नै सभामुख र उपसभामुखको निर्वाचन हेरेर मात्रै प्रचण्डजीलाई विश्वासको मत दिएका होइनौं,’ कोइरालाले विराटनगरमा सञ्चारकर्मीसँग बिहीवार भने, ‘त्यसपछि पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदैछ । यस्तोमा हामीले उम्मेदवारी दिँदा अरूले पनि सहयोग गर्छन् भन्ने सोच बनाएका छौं । यस्तो सोच बनाउन कांग्रेसले पाउँछ ।’
आफ्नै हठले केन्द्र, सातवटा प्रदेश सबैतिर मुखैमा आएको सत्ता गुमाएपछि प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले कोर्स करेक्सनको प्रयास थालेको नेताहरूले बताउँदै आएका छन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुनको अन्तिम साता सकिँदैछ । उनको कार्यकाल सकिनुभन्दा एक महिनाअगावै राष्ट्रपति निर्वाचन प्रक्रिया शुरू भइसक्नुपर्छ ।
कुन दलको मतभारको अवस्था के छ ?
कांग्रेस– १६१४२
कांग्रेसको प्रतिनिधिसभा एकजना निलम्बित बाहेक ८८, राष्ट्रिय सभामा १० गरी ९८ सांसदको मतभार ७७४२ हुन्छ । प्रदेशसभामा कांग्रेसका १७५ सांसदको मतभार ८ हजार ४ सय छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी कांग्रेसको कूल मतभार १६१४२ छ ।
एमाले– १५२३३
एमालेका प्रतिनिधिसभामा ७९, राष्ट्रिय सभाभा १५ गरी मतभार ७५०५ र प्रदेशसभामा १६१ गरी ७७२८ मतभार छ । दुवैमा गरी एमालेको मतभार १५२३३ मतभार छ ।
माओवादी– ७६९७
माओवादीका प्रतिनिधिसभाका प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२, राष्ट्रिय सभामा १५ गरी मतभार ३७१३ र प्रदेशसभामा ८३ को मतभार ३९८४ गरी जम्मा मतभार ७६९७ छ ।
नेकपा एस– २५७४
नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० र राष्ट्रिय सभाका ८ गरी १८ सांसदको मतभार १४२२ हुन्छ । प्रदेशसभामा नेकपा एसका २४ प्रदेश सांसदको मतभार ११५२ गरी कूल २५७४ हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी– १५८०
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा चुनावमा भाग लिएन । यसैले उसको प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ७ र समानुपातिक १३ गरी २० सांसदको मतभार १५८० हुन आउँछ ।
राप्रपा– २४५०
राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट जित्दाको मतभार ११०६ र प्रदेशसभामा २८ जित्दाको मतभार १३४४ गरी कुल २४५० हुन्छ ।
जसपा– १९२२
जसपाले प्रतिनिधिसभामा १२ सीट जित्दा प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सीट जित्यो । राष्ट्रिय सभामा २ गरी १४ सांसदको मतभार ११०६ छ । प्रदेशसभामा जसपाको १७ को मतभार ८१६ गरी कुल मतभार १९२२ रहेको छ ।
जनमत पार्टी– १२४२
जनमतको पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी ६ सीट जित्दा मतभार ४७४ छ । प्रदेशमा १६ सीट जित्दाको ७६८ गरी कुल मतभार १२४२ छ ।
लोसपा– ८२७
लोसपाले प्रतिनिधिसभामा ४ सीट जित्यो । राष्ट्रिय सभामा १ गरी ५ सीटको मतभार ३९५ छ । प्रदेशसभामा ९ सीट ४३२ गरी कुल ८२७ मतभार रहेको छ ।
नागरिक उन्मुक्ति– ८६१
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभाको ३ सीटको मतभार २३७ र प्रदेशसभाका १२ को ६२४ गरी कुल मतभार ८६१
नेमकिपा– २२३
नेमकिपाको प्रतिनिधिसभामा प्रत्यक्षको १ सीटको ७९ र प्रदेशसभाका ३ सीटको मतभार १४४ गरी कुल मतभार २२३ छ ।
राष्ट्रिय जनमोर्चा– १५८
राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभामा १ सीटको ७९ र राष्ट्रिय सभाका ७९ गरी १५८ कुल मतभार छ ।
हाम्रो नेपाली पार्टी– ९६
हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ सीटको ९६ कुल मतभार छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...