×

NMB BANK
NIC ASIA

साविक विजेता दुवै टोली पराजित

माघ १, २०७९

NTC
Premier Steels

नेपाल पुलिस क्लब लामो समय पश्चात साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै महिला तर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियन बन्न सफल भएको छ । निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट डायमण्डले २५–२२ ले जित्यो । 

Muktinath Bank

दोश्रो सेटमा खेलमा फर्कदै पुलिसले २५–१७ ले खेललाई आफ्नो पक्षमा पार्दै १–१ को बराबरीमा ल्यायो । यस्तै तेश्रो सेट निकैनै संघर्षका साथ डायमन्डले २७–२५ ले आफ्नो पक्षमा पा¥यो । तर चौथो सेट पुन पुलिसले २५–१९ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तिम तथा निर्णायक खेलमा पुलिसले १५–११ ले जित्दै सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको हो ।  पहिलो संस्करणमा च्याम्पियन बनेको पुलिसले दोश्रो पटक च्याम्पियन बन्न लामो समय कुर्नु परेको थियो । पुलिसले नगद ४ लाख प्राप्त ग¥यो भने उपविजेता डायमन्डले २ लाख प्राप्त ग¥यो ।


Advertisment
Nabil box
Kumari

यस्तै तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साविक उपविजेता एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै तेश्रो हुन सफल भएको हो । पहिलो दुई सेट २५–१६ र २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफ तेश्रो र चौथो सेट २१–२५, २१–२५ ले आर्मीलाई सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा १७–७ को जित निकाल्दै एपिएफ तेश्रो हुन सफल भयो । एपिएफले नगद १ लाख प्राप्त ग¥यो ।

Vianet communication


नेपाल भलिबल संघको आयोजनमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ टिपटप हेल्प नेपालले सातौं संसकरणको उपाधी उचालेको छ । पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिप उपाधी जितेको हो । हेल्प नेपालले आर्मी माथि २५–२१, २६–२४ र २५–२३ को सोझो  सेटमा पराजित गरेको हो ।

यस्तै एपिएफले नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै च्याम्पियनसिपमा तेश्रो स्थान सुरक्षित ग¥यो । एपिएफ १५–२५, २५–२०, २५–२३, २५–१८ ले पुलिसलाई पछाडी धकेल्दै तेश्रो भएको हो । पुलिसले नगद १ लाख प्राप्त ग¥यो ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा महिला तर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा घोषित भए ।

च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिला तर्फ पुलिसकी कमला पुन र पुरुष तर्फ आर्मीका हरिहजुर थापा भए । यस्तै डिफेन्स तर्फ न्यू डायमन्डकी सलिना श्रेष्ठ र टिपटप हेल्प नेपालका दीपक थापा रहे । सर्भर तर्फ महिलामा आर्मीकी संगम महतो र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा रहे । यस्तै वेष्ट ब्लकरमा महिला तर्फ एपिएफकी कविता भट्ट र पुरुष तर्फ नेपाल पुलिस क्लबका नविन नगरकोटी रहे । वेष्ट स्पाईकरमा महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुष तर्फ आर्मीका धन बहादुर भट्ट रहे । वेष्ट कोचमा महिला तर्फ नेपाल पुलिसका रुपेश बिष्ट र पुरुष तर्फ टिपटप हेल्प नेपालका उत्सव खड्का रहे ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल सरकारका माननिय मन्त्री दामोदर भण्डारी, माननिय प्रतिनिधी सभा साँसद जीवन परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x