माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
माघ ४, २०७९
दुबईबाट प्रसारित हुने अल अरबियासँगको एक अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतसँग ‘गम्भीर तथा इमान्दार कुराकानी’ गर्न चाहेको बताएका छन् ।
उनले संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेदलाई नयाँ दिल्लीसँगको मैत्रीपूर्ण सम्बन्धको उपयोग गर्दै भारत र पाकिस्तानलाई वार्ताको टेबलमा ल्याएर सबै समस्याका विषयमा कुराकानीको पहल गरिदिन पनि अनुरोध गरे । शरीफले ‘कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन’ तथा भारतले जम्मु कश्मीरको विशेष हैसियत खारेज गरेको विषयमा कुराकानी गर्न चाहेको बताए ।
यूएईसँग पाकिस्तानले आवधिक रूपमा आर्थिक सहायता लिने गरेको छ अनि भारतसँग यूएईको सुमधुर सम्बन्ध छ । त्यसैले भारतसँग शान्ति चाहेको विषयमा शरीफले नियमित रूपमा दिने बयानभन्दा तेस्रो मुलुकलाई शान्ति प्रक्रियाको पहल गराउन खोज्ने अहिलेको यो बयानको बढी महत्त्व छ ।
पहिला पनि भारत र पाकिस्तानलाई वार्ता गराउन भूमिका खेलेको दाबी यूएईले गरेको थियो । सन् २०२१ मा यूएईका एक शीर्ष कूटनीतिकर्मीले भारत र पाकिस्तानबीचको अनौपचारिक (ब्याकच्यानल) वार्ता प्रक्रियामा आफ्नो मुलुकले भूमिका निर्वाह गरेको कुरा सार्वजनिक गरेका थिए । त्यस वार्तालाई अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेको बताइएको थियो ।
शरीफको पछिल्लो टिप्पणी कुन समयमा गरिएको हो, त्यो आफैंमा महत्त्वपूर्ण छ । पाकिस्तानको आर्थिक स्थिति श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ । उसको डलर सञ्चिति निकै घटिसकेको छ र उसले विदेशी ऋण चुक्ता गर्न नसकी डिफल्ट गर्ने खतरा बढेको छ ।
यूएईको दुईदिने भ्रमणमा शरीफले पाकिस्तानको ‘भाइ’ मुलुकसँग पुनः एकपटक सहयोगको याचना गरे । यूएईले पाकिस्तानलाई २ अर्ब डलरभन्दा बढीको ऋण उपलब्ध गराउने प्रतिज्ञा गरेको छ । अनि त्यसमाथि १ अर्ब डलर थप दिने पनि भनेको छ ।
त्यसबाहेक पनि साउदी फन्ड फर डिभलोपमेन्टले साउदीलाई पाकिस्तानले तेल आयातका लागि तिर्न बाँकी रहेको रकमका रूपमा १ अर्ब डलर सहयोग गर्ने भएको छ ।
पाकिस्तानका सेनाप्रमुख जनरल असिम मुनिरले यूएई र साउदी अरबको भ्रमण गरेलगत्तै शरीफको भ्रमण भएको हो । जनरल मुनिरले पाकिस्तानलाई ‘दाजुभाइले जस्तै’ सहयोग गर्ने यूएई र साउदीको प्रशंसा गरे पनि पाकिस्तानले सधैंभरि भिक्षाका लागि याचना गर्न नहुने अनि आफ्नो गोडामा आफैं उभिन सिक्नुपर्ने पनि बताएका थिए ।
पुरानै कुरा
शरीफले अल अरबियालाई दिएको अन्तर्वार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताका लागि आह्वान गर्ने क्रममा शर्त जस्तो देखिने कुरा राखे । उनका अनुसार, पाकिस्तान ‘वास्तविक समस्याको समाधान गर्न सकिएमा भारतसँग शान्तिपूर्ण रूपमा बस्न चाहन्छ । दिनदिनै मानवअधिकारको जघन्य उल्लंघन भइरहेको कश्मीर जस्तो जल्दोबल्दो समस्यालाई समाधान गर्न चाहन्छ । अनि भारतले आफ्नो संविधानको धारा ३७० मार्फत कश्मीरीहरूलाई दिइएको जेजस्तो भए पनि स्वायत्ततालाई उल्ट्यायो । अल्पसंख्यकहरूमाथि जघन्य व्यवहार गरिँदैछ । यो बन्द हुनुपर्छ ।’
भारतले के गर्नुपर्छ भनी उनले ठ्याक्कै बताएनन् । तर पहिले भएका ब्याकच्यानल वार्तामा पाकिस्तानले जम्मु कश्मीरको राज्य हैसियतलाई पुनर्बहाली गरिनुपर्ने बताएको थियो । यी ब्याकच्यानल वार्ताहरूमा कश्मीरको विषय २० वर्षसम्म फ्रीज गर्नुपर्ने विषयमा सहमति बनेको पाकिस्तानी पत्रकार जावेद चौधरी र हमिद मिरले केही दिनअघि खुलासा गरेका थिए ।
पाकिस्तानका प्रधानमन्त्रीले यस्तै किसिमका टिप्पणी यसअघि पनि गरिसकेका छन् । उनले र उनका दाइ पूर्व प्रधानमन्त्री नजाव शरीफले भारतसँग पाकिस्तानको शान्तिवार्ता हुनैपर्ने बताउने गरेका थिए । सम्बन्धलाई सामान्य बनाउँदा मात्र पाकिस्तानको अर्थतन्त्रलाई लाभ पुग्ने उनीहरूको भनाइ थियो ।
तर पहिलोपटक पाकिस्तानी प्रधानमन्त्रीले किटेरै भारतसँगका तीनवटा युद्धबाट ‘पाकिस्तानले पाठ पढेको’ बताए । ती युद्धहरूले ‘थप पीडा, बेरोजगारी र गरीबी’ मात्र ल्याएको उनको भनाइ छ ।
पाकिस्तानी सेनाको अडान
पाकिस्तानी सेनाले भारतसँगको सम्बन्धका विषयमा पछिल्लोपटक गरेको अर्थपूर्ण कुरा भनेकै पूर्व सेनाप्रमुख जनरल कमर जावेद बाजवाको अभिव्यक्ति थियो । उनले सन् २०२१ मा भारतसँग व्यापारका लागि पहल गर्नुपर्ने ऐतिहासिक अभिव्यक्ति दिएका थिए । उनले भूरणनीतिक भन्दा पनि भूआर्थिक सम्बन्धको पहल गर्नुपर्ने भनेका थिए ।
बाजवापछि सेनाप्रमुख बनेका जनरल मुनिरले सन् २०२२ को नोेभेम्बर २९ मा नियन्त्रण रेखाको भ्रमणका क्रममा भारतका विषयमा टिप्पणी गरेका थिए । पाकिस्तानमाथि आक्रमण भएमा सेनाले ‘मातृभूमिको प्रत्येक इन्चको प्रतिरक्षा गर्ने’ उनले बताएका थिए ।
अल अरबियालाई शरीफले दिएको अन्तर्वार्ताको स्पष्टीकरणका रूपमा प्रधानमन्त्री कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै कश्मीरमा भारतले गरेको ‘अवैध कार्य’ लाई उल्ट्याउनुपर्ने बतायो । यस विषयमा कुनै सम्झौता गर्न नसकिने र वार्ताका लागि यो पूर्वशर्त भएको उल्लेख विज्ञप्तिमा गरिएको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई पाकिस्तानी सेनाले चित्त नबुझाएको संकेत यसबाट पाइन्छ । विशेषगरी ‘तीनवटा युद्धबाट पाठ पढेको’ भनी शरीफले गरेको टिप्पणीले सिधै सेनाको गल्तीलाई इंगित गर्छ अनि भारतसँगको दुश्मनीलाई कायम राख्ने सेनाको भूमिकालाई पनि यसले संकेत गर्छ ।
‘(कश्मीरमा) भारतले चालेको यो कदम फिर्ता नलिउन्जेल सम्झौता सम्भव छैन,’ पाकिस्तानको प्रधानमन्त्री कार्यालयले स्पष्टीकरणमा बतायो ।
विगत केही वर्षयता पाकिस्तानले बेहोरिरहेको आर्थिक कठिनाइका कारण भारतसँग सम्बन्ध सामान्य बनाउने अवधारणालाई सकारात्मक रूपमा लिन थालिएको छ । पश्चिम एसियाको भूराजनीतिमा भएका परिवर्तनका कारण पाकिस्तानका दाजुभाइ यूएई र साउदी अहिले भारतसँग नजिकिएका छन् । उक्त क्षेत्रका यी दुई महत्त्वपूर्ण खेलाडीले पनि पाकिस्तानलाई भारतसँग सम्बन्ध सुधार्नका लागि भनेको हुनुपर्छ ।
भारतले जम्मु कश्मीरका विषयमा सन् २०१९ को अगस्ट महिनामा चालेको कदम फिर्ता लिँदैन भन्ने कुरा पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वलाई थाहा छ । यसमा भारतले अधिकतम गर्न सक्ने भनेको जम्मु कश्मीरको राज्य हैसियत पुनर्बहाली गर्ने मात्र हो ।
पाकिस्तानीहरूले भारतलाई दुश्मनका रूपमा चित्रित गरिरहेकाले भारतसँग सम्बन्ध सामान्य बनाउने काम विकल्प मात्र नभई आवश्यकता नै भएको कुरा जनतालाई सम्झाउने दायित्व पाकिस्तानी सरकारको छ ।
इमरान खान र बाजवाको जोडीले यसो गर्न खोजेको भए पनि असफलता पाएको थियो किनकि संस्थापन पक्षका तत्त्वहरूले दुई देशबीच व्यापार पुनः शुरू गर्नका लागि भएका प्रयासलाई विफल बनाइदिएका थिए ।
शरीफका बयानको कस्तो राजनीतिक परिणाम आउँछ अनि यसमा सेनाले आगामी दिनमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुराले थप स्पष्ट चित्र देखाउनेछ ।
पाकिस्तानले ‘पाठ’ पढेको भनी शरीफले गरेको दाबीमा भारतका अनुभवी पर्यवेक्षकहरूले शंका व्यक्त गरेका छन् । विगतमा पनि पाकिस्तानका सैन्य तथा नागरिक नेताहरूले क्षेत्रीय रणनीतिक अभीष्ट प्राप्त गर्नका लागि पाकिस्तानले लडाकू समूहहरूलाई भरणपोषण गर्दा भएको नकारात्मक असरका विषयमा कुरा राखेकै हुन् । तर अफगानिस्तानमा तालिबानलाई पुनः सत्तामा पुर्याउनका लागि पाकिस्तानी सेनालाई त्यस विगतको पाठले रोकेन ।
दी इन्डियन एक्सप्रेसमा प्रकाशित निरूपमा सुब्रमण्यमको लेखलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...