×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरले जित्यो

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ ।
 
आज भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरकोे थियो ।
 
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जित हात पारेको थियो । दोस्रो सेटमा भने महाशिला लयमा फर्किँदै २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । खेलको तेस्रो सेट पनि महाशिलाकै पक्षमा रह्यो । तेस्रो सेटमा महाशिलाले २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । चौथो सेटमा भने अघिल्ला दुई सेटको नतिजा उल्ट्याउँदै फलेवासले महाशिलालाई पराजित ग¥यो । फलेवासले २७–२५ को अन्तरमा महाशिलालाई पराजित गर्न सक्यो ।

Muktinath Bank

दुवै समूहको दुई–दुई सेटको बराबरी कायम रहेको अवस्थामा पाँचौँ तथा अन्तिम सेट १५ अङ्क रहेको थियो । जसमा फलेवासले महाशिलालाई १५–१२ को अन्तरमा पराजित गरेको छ । खेलमा एउटा सहभागी हुने समूहले बढीमा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम राखिएको थियो । यो नियमानुसार फलेवास नगरपालिकाले नेपाल पुलिस क्लबका दुई खेलाडी रविनचन्द ठकुरी र सफल विकलाई लिएर खेलेको थियो भने महाशिला गाउँपालिकाले सशस्त्र प्रहरीको एपिएफ क्लबका दुई खेलाडी विजय थापा र टेकराज अवस्थीलाई लिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा प्रथम भएको फलेवासले रु दुई लाख नगदसहिद मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको महाशिलाले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद रु ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।रासस


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x