×

NMB BANK
NIC ASIA

राजनीति

रास्वपाको दाबी–दुई दिने अल्टिमेटम हामीले दिएको होइन

माघ २१, २०७९

NTC
Premier Steels

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  माग पूरा गर्नका लागि आफूहरुले प्रधानमन्त्रीलाई कुनै अल्टिमेटम नदिएको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई दिन समय मागेकाले मात्रै आफूहरुले दुई दिन कुर्ने भनेको सो पार्टीको दाबी छ । 

Muktinath Bank

‘त्यो दुई दिन समय हामीले दिएको होइन । हामीलाई अस्तिको दिन हामी बैठक बसिरहँदा राजनीतिक संयन्त्रको संयोजक र प्रधानमन्त्रीले माग्नु भएको हो’, नेता सन्तोष परियारले भने, ‘त्यो हाम्रो अल्टिमेटम होइन, त्यो उहाँहरुले दुई दिन छलफल गरौँ है भनेर भन्नु भएको हो । यो बीचमा छलफल भयो र हाम्रा यो मात्रै नभएर अन्य कुराहरु पनि रहेका छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सत्ता साझेदार दलमा मन्त्रालयका साथसाथै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र उपनिर्वाचनका विषयमा पनि छलफल भइरहेको बताए । उनले सरकारको विषयमा आइतबार बस्ने बैठकले निर्णय लिने पनि बताए । 


Advertisment
Nabil box
Kumari

यसअघि बिहीबार रास्वपाले दुई दिनभित्र आफूहरुको माग पुरा नभए जस्तोसुकै निर्णय पनि लिनसक्ने बताएका थियो । जुन समय शनिबार नै सकिएको छ । सभापति रावि लामिछानेले नागरिकता अवैध ठहर भएपछि सर्वोच्चको फैसलाअनुसार सांसदसँगै गृह मन्त्रालय गुमाएका थिए । लगत्तै  काठमाडौँ जिल्ला अदालतबाट उनको नागरिकता कायम भएसँगै उनले गैरसांसदको रुपमा आफूलाई फेरि गृहमन्त्रीकै शपथ गराउन माग गरेका थिए । 

Vianet communication

तर प्रधानमन्त्री प्रचण्डले रविको विषयमा अझै पासपोर्टको विवाद बाँकी रहेकाले सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म कुर्नुपर्ने बताउँदै आएका छन् । यसपछि प्रधानमन्त्रीको अडानबाट चिढिएको रास्वपाले सरकारबाट बाहिरिने चेतावनी दिँदै आएपनि निर्णय भने गर्न नसकेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x