×

NMB BANK
NIC ASIA

नेपाली सेनाले यो वर्षबाट गणना गरेर दिवस मनाउने

माघ २२, २०७९

NTC
Premier Steels

नेपाली सेनाले २६० औं सेना दिवसको रुपमा औचारिक गणना गर्ने भएको छ ।

Muktinath Bank

पृथ्वी नारायण शाहले स्थापना गरेको ५ वटा कम्पनीको बर्षलाई हिसाब गरेर २६० र्औ सेना दिवसबाट गणना गर्न लागेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जनाकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले यो वर्षबाट यतिऔं सेना दिवस भनेर गणनाको शुरुवात गर्न लागेका छौं,’ प्रवक्ता भण्डारीले भने ।


Advertisment
Nabil box
Kumari

यसभन्दा अगाडि सेनाले सैनिक दिवस मनाउँदै आएको थियो तर यति औं भनेर नमनाएको उनले बताए । 

Vianet communication

सेनाले पृथ्वीनारायण शाहले विसं १८९० मा औपचारिक रुपमा स्थापना गरेको ५ वटा कम्पनीहरूको समयबाट अहिलेसम्मलाई २६० औं वर्षका रूपमा मनाउन लागेको छ ।

१८९० को असोज महिना श्रीनाथ कम्पनीको स्थापना गरेका थिए । त्यसपछि कालिक्स कम्पनी, बर्दवाणी कम्पनी, सबुज कम्पनी र गोरख कम्पनी खडा गरेको इतिहास रहेको प्रवक्ता भण्डारीले बताए । यसपछि नेपाली सेनाको इतिहासमा आधुनिक युगको शुरूआत भएको मानिन्छ ।

अहिले ती कम्पनीहरू गण  (बटालियन) का रुपमा रहेका छन् ।

त्यसमध्ये गोरख गणलाई नाम परिवर्तन गरेर पुरानो गोरख बनाइएको छ । बर्दवाणी कम्पनीलाई जंगबहादुर राणाले तिब्बतको लडाइँमा नेपालले जितेका कारण बर्दबहादुर गणको रूपमा नामकरण गरेर अहिलेसम्म सोही नाम रहेको सेनाले जनाएको छ ।

कालिबक्स गण इन्जिनियरिङ गणको रूपमा रहँदै आएको प्रवक्ता भण्डारीले लोकान्तरलाई बताए ।

वीर स्मारकमा अखण्ड दीप प्रज्वलन

सेनाले उपत्यकाका २ ठाउँ, टुँडिखेल र छाउनीमा रहेका सैनिक संग्रहालय र राष्ट्रिय संग्रहालयमा रहेको वीर स्मारकमा फागुन ६ गते सैनिक दिवसदेखि निरन्तर बल्ने गरी दीप प्रज्वलन गर्न लागेको छ ।

सैनिक प्रवक्ता ब्रिगेडियर जर्नेल कृष्णप्रसाद भण्डारीका अनुसार ५ गते छाउनीमा विषेश कार्यक्रम गरेर दीप प्रज्वलन गर्ने र ६ गते सेना दिवसको उपलक्ष्यमा टुँडिखेलमा दीप प्रज्वलन गरेर कहिल्यै ननिभ्ने गरी राखिनेछ । 

सेनाले यो वर्षको दिवसमा नेपाली मौलिक संस्कृतिमा रहेको मादलको विषेश प्रस्तुति दिने तयारी गरेको छ ।

सैनिक प्रवक्ताका अनुसार सेनाले ५  सय ५५ वटा मादलको विशेष प्रस्तुति गर्नेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x