×

NMB BANK
NIC ASIA

बिजनेश अभावमा प्रदेशसभा बैठक स्थगित

माघ २४, २०७९

NTC
Premier Steels

१ नम्बर प्रदेशसभा बैठक २ दिन चलेर पुनः स्थगित भएको छ ।

Muktinath Bank

सरकारले बिजनेश दिन नसक्दा २ दिन चलेर संसद् बैठक स्थगन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तासिन बनेको महिना दिन पुग्नै लाग्दासम्म पनि प्रदेश सभालाई एउटै विधेयक दिन नसकेको प्रदेश सरकार विधेयक खोज्नेतिर लागेको छ । सातौं बैठकसम्म चल्दा न शून्य समयमा सांसदलाई बोल्न दिने गरिएको छ, न त बिजनेश नै दिएर संसद्लाई चलायमान बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले बिजनेश नदिएको भन्दै प्रमुख प्रतिपक्षीले आवाज उठाइरहेका बेला संसद् स्थगन गरिएको छ । २२ दिन स्थगनपछि सोमवार बसेको बैठकमा सभामुख बाबुराम गौतमले मन्त्रिपरिषद्को कार्यविभाजनबारे प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरिसक्ने बित्तिकै कांग्रेस सांसद केदार कार्कीले आफ्नो आसन अघिको टेबल ढ्यापढ्याप पारेका थिए ।

Vianet communication

पहिलो कार्यकालमा भने एकपटक पनि टेबल ढ्यापढ्याप पारिएको थिएन । 

सरकारले संसद्लाई बिजनेश दिन नसकेको विषयमा मुख्यमन्त्री तथा मन्त्रीहरू अरुलाई दोष लगाएर पन्छिने गरेका छन् । मन्त्रीहरूले आफ्नो कमजोरी नभएको भन्दै अघिल्लो सरकारले के गर्‍यो नि भनेर जवाफ फर्काउने गर्छन् ।

सोमवारको बैठकमा निजामती सेवा अध्यादेश बहुमतले पारित गरेको थियो भने मंगलवार प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै नामकरणको विषय यही कार्यकालमा टुंगिने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश सभाको प्रमुख काम कानून निर्माण रहेको भन्दै उनले वस्तुनिष्ठतापूर्वक कानून निर्माण गरेमा बनाएका कानून संशोधन गरिरहनुपर्ने आलोचनाबाट मुक्त हुने पनि बताए ।

प्रदेशसभाका सांसदहरू निर्वाचित भएर आएको ३ महिना भएको छ, हालसम्म कसैले पनि बोल्न पाएका छैनन् । सातौं बैठकसम्म शून्य समयमा पनि सांसदहरूले बोल्न पाएनन् ।

संसद बैठक बस्नुअघि दलका नेतासँग बसेर सभाको कार्यतालिका टुंग्याउने गरिएको थियो । पटक–पटक संसद् स्थगन भएपछि सत्तारुढ दलका सांसदहरू पनि सरकारसँग रुष्ट रहेका छन् । सरकारले बिजनेश दिन नसक्ने अवस्थामा सांसदले आफैं बिजनेश खोज्नुपर्ने सत्तारुढ दलका सांसदको भनाइ छ ।

‘सरकार निर्माण भएको छोटो समय मात्रै भएको छ,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘सरकारले बिजनेश दिन्छ भन्नेमा ढुक्क छु, दिएन भने हामी आफैंले पनि खोज्नुपर्छ ।’ 

यसअघि पुस ३० गते उपसभामुख चयन गरिएपछि बिजनेश नभएकै कारण प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । २२ दिनपछि पुनः बैठक बसेको थियो । पुस २५ गते मुख्यमन्त्रीका रूपमा हिक्मत कार्कीले शपथ लिएका थिए । सोही दिन ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले पुस २९ गते थप मन्त्री नियुक्त गरेका थिए । अहिले मुख्यमन्त्रीसहित प्रदेशको मन्त्रीमण्डल ७ सदस्यीय छ ।

मंगलवारको बैठक बसेपछि अनिश्चित समयका लागि बैठक स्थगन गरिएको छ । अब चल्ने संसद्मा सरकारले बिजनेश दिनेमा ढुक्क रहेको सभामुख बाबुराम गौतम बताउँछन् । 

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । बर्खे अधिवेशन नीति तथा कार्यक्रम एवं बजेटमा केन्द्रित हुने गरेको छ ।  विशेष अधिवेशन खास मुद्दामा केन्द्रित हुने भएकै कारण हिउँदे अधिवेशनलाई विधेयकहरू आउने अवसरका रूपमा चिनिन्छ तर दोस्रो कार्यकालको पहिलो अधिवेशनको सातौं बैठकसम्म आइपुग्दा संसद्मा कुनै पनि विधेयक दर्ता भएको छैन । 

सरकार भने अरूलाई दोष दिएर आफू पन्छिन खोजेको आरोप विपक्षी गठबन्धनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x