पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ‘भद्र सहमति’ भएको थियो– प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री बन्दा एमालेले सभामुख र राष्ट्रपति पाउने गरी ।
प्रचण्डले संसद्बाट विश्वासको मत पाएलगत्तै माओवादी सो भद्र सहमतिबाट पछि हट्न खोजेको भन्दै एमाले सशंकित छ ।
माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव गरिरहेको छ । नेपाली कांग्रेसलाई समेत मान्य हुने साझा व्यक्ति खोज्न माओवादीले एमालेसँग आग्रह गरेको छ ।
माओवादीले किन एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई समर्थन नगर्ने अडान लिइरहेको छ ? के राष्ट्रपति निर्वाचनले अहिलेको सत्ता गठबन्धन तोडिन्छ ?
यस्तै प्रश्न हामीले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसँग सोधेका छौं ।
प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकालको प्रारम्भिक समीक्षा र नागरिकता प्रकरणमा सांसद पद गुमाएका रवि लामिछानेको पासपोर्ट काण्डबारे पनि बिडारीले केही रोचक तथ्य खुलाएका छन् ।
हेर्नुहोस्, बिडारीसँगको अन्तर्वार्ता भिडियोमा :