×

NMB BANK
NIC ASIA

रेशम चौधरीको आमालाई भेटेपछि...

नयाँ मुख्यमन्त्री भन्छन् - रेशम चौधरीलाई छुटाउन सबै पहल गर्छु

माघ २८, २०७९

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादर शाहले जेलमा रहेका रेशम चौधरीसहितका बन्दीहरूलाई रिहा गर्न आफूले सम्पूर्ण पहल गर्ने बताएका छन् ।

Muktinath Bank

मुख्यमन्त्री नियुक्त भएपछि चौधरीकी आमा सुल्फीदेवी चौधरीलाई भेटेपछि मुख्यमन्त्री शाहले टीकापुर घटना राजनीतिक भएको भन्दै उनलाई छुटाउन आफू सम्पूर्ण रूपले लाग्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्छ, लिइनुपर्छ । यसको समाधान पनि त्यही हिसाबले हुनुपर्छ । छिटोटभन्दा रेशम चौधरीको रिहाइका लागि मेरो तर्फबाट हुने सम्पूर्ण पहल गर्छु । यो अभियानमा लागिसकें पहल गर्छु’, शाहले भने, ‘हिजो पदीय दायित्व र जिम्मेवारी नहुँदा पनि यो अभियानमा  लागेको थिएँ । आज पदमा हुँदा जिम्मेवारी बढेको छ । टीकापुर घटनाको राजनीतिक निकासका लागि रेशम चौधरीसहित बन्दीको रिहाइको अभियानमा सशक्त रुपमा अगाडि बढ्ने छु । जहाँसम्म मलाई विश्वास छ राज्य र केन्द्रीय सरकारले बुझ्नेछ र रिहाइ गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

टीकापुर घटना दुखद् रहेको भन्दै उनले सामाजिक सद्भाव नभड्किओस् भनेर आफूहरू सचेत भएको पनि बताए । 

Vianet communication

‘टीकापुरमा दुखद घटना भएको छ । यो पीडादायक छ । हामी समाजमा परिवारका रुपमा बसेका थियौं । दाजुभाइ  परिवारका रुपमा दाइभाइ गरेर बसेका थियौँ । यो वातावरणमा यो घटनाले ठेस पुग्यो कि भन्ने लाग्छ । त्यस्तो वातावरण नहोस् भनेर लाग्नुपर्छ’, उनले भने, ‘टीकापुरलाई बद्नाम गर्ने काम धेरै ठाउँबाट भए । यसबाट सचेत भएर जनता, मतदाता, बुद्धिजीवी, पत्रकार एक ठाउँमा छौं भन्ने सन्देश दिनुपर्छ । यो काम मैंले शुरू गर्नुपर्छ । हामी सबै एक ठाउँमा उभिनुपर्छ । हामी जसरी हिजो एक ठाउँमा थियौं । भोलि पनि एक ठाउँमा उभिन्छौं ।’

एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सरकार गठन हुँदा समर्थन दिएको थियो । तर विश्वासको मत लिँदा यो पार्टीका सांसदले मत नदिएपछि एक महिनामा सरकार गिरेको छ । संविधानअनुसार त्यसपछि संसदको सबैभन्दा ठूलो दलको रुपमा कांग्रेसका शाह मुख्यमन्त्री भएका हुन् ।

शाहले पनि एक महिनामा विश्वासको मत लिनुपर्नेछ । १९ सिट भएको कांग्रेसलाई बहुमत पुर्‍याउन नेकपा एसको ४ सिटले २३ मात्रै पुग्छ । तर आवश्यक २७ मत कटाउन नागरिक उन्मुक्ति पार्टीको समर्थन आवश्यक पर्छ । उन्मुक्तिले डिल्लीबजार कारागारमा रहेका चौधरीको रिहाइलाई मुख्य माग बनाएको छ । तर टीकापुर घटनामा दोषी ठहर भएका उनलाई छुटाउन सजिलो भने छैन ।

तर पनि उन्मुक्तिलाई मनाउन नयाँ मुख्यमन्त्रीले अहिलेदेखि नै पहल थालेका हुन् ।

संसदीय दलको नेता चयन भएलगत्तै पनि शाहले कारागारमा पुगेर चौधरीलाई भेटेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x