×

NMB BANK
NIC ASIA

ओली भन्छन्- नयाँ गठबन्धन बन्दा साथीहरू खुशी हुनुहुन्छ, तर संसदको बनावट नै अस्थिर छ

फागुन २, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनमा बहुमत भए पनि कसैको बहुमत नभएकोले जोखिम भइरहेको बताएका छन् । 

Muktinath Bank

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाए पनि संसद्को बनावट अस्थिर रहेको प्रस्ट पारेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले साथीहरू काफी प्रशन्न भएको देख्छु म । हामीले ५ दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरू प्रशन्न भएको देखिन्छ । प्रशन्न हुनुपर्दछ,’


Advertisment
Nabil box
Kumari

ओलीले अहिलेको  गठबन्धन लामो समय जानेमा शंका गर्दै भने, ‘तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन् ।’

Vianet communication

स्थिरता हुन नदिने प्रयासस्वरुप अनेक खालका प्रयास भइरहेकोसमेत ओलीले बताएका छन् । 

‘यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ, भइआएको छ,' ओलीले भनेका छन्, ‘त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरू क्रियाशील छन् । अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरू भइरहेका छन् ।’

ओलीले सत्ता स्वार्थका लागि राष्ट्रियता, अखण्डता र स्वतन्त्रका विषयलाई नलत्याउने पनि बताएका छन् । 

‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर राख्ने हो र त्यस्तो भूमिका निभाउने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले हो, एमालेमात्रै त्यसको प्रतिनिधि हो,’ ओलीले भने, ‘हामी सत्ता स्वार्थका लागि राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्दैनौं ।’

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको पनि बताए । 

‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले । कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो’ उनले भने, ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिऊँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो । त्यहाँ गएर पढ्दा हुनेजस्तो ।’

उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी पनि गरे ।

‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २७ सालमा, २६ सालमा निऊँ खोजेर अलग भएर २७ सालदेखि अलग्गै संगठनको रूपमा काम गरेको । २६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको । अनेरास्ववियुभित्र लड्न नसकेर, अडिन नसकेर, टिक्न नसकेर भागेको संगठन हो ,’ उनले भने, ‘अब अरू पछि जन्मिएका भाइ, बहिनी संगठनहरू यसो खेल्दैछन् । सिक्दैछन् । ती तपाईंहरूको संगठनका भाइबैनी संगठन हुन् । ती त पछिपछि हामीसँग सिक्दै त्यसरी खोल्दै गएका हुन् । त्यसकारण अहिले उनीहरूको जित्ने बेला भएको छैन । अहिले उनीहरू सिक्ने हो ।’

नेविसंघलाई सधैं छक्का हानेको भन्दै यसपटकको स्ववियु चुनावमा पनि राम्रो ब्याटिङ गर्न उनले आग्रह गरे ।

‘नेविसंघलाई हामीले जहिल्यै पनि छक्का हान्दिने गरेको हो । त्यसकारण मैले विश्वास लिएको छु, यसपल्ट पनि तपाईंहरूको ब्याटिङ डरलाग्दो हुनेछ । तपाईंहरूले स्ववियु निर्वाचनमा अरूको बलिङलाई छक्का हानेर दर्शकदीर्घामा पुर्‍याइदिनुहुनेछ । हरेक क्याम्पसमा अनेरास्ववियु । यसरी तपाईंहरू जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x